| सोमवार, कार्तिक २३, २०८३

माओवादी केन्द्र गोरखाले जनयुद्ध दिवस मनायो, सदरमुकाममा दीप प्रज्वलन


माओवादी केन्द्र गोरखाले २७ औँ जनयुद्ध दिबस बिभिन्न कार्यक्रम गरी मनाएको छ । विसं २०५२ फागुन १ गतेदेखि सुरु भएको जनयुद्ध दिवसको असरमा आईतवार जिल्लाभर कार्यक्रम भएको माओवादी केन्द्रका सचिवालय सदस्य अकुर तिमल्सिनाले बताए ।


आरुघाटमा गाउँपार्टी अध्यक्ष बिष्णुप्रकाश खड्काको अध्यक्षता र केन्द्रीय सदस्य हरिराज अधिकारीको प्रमुख आतिथ्यतामा जनयुद्ध दिवस मनाइएको थियो । उक्त कार्यक्रममा जगन्नाथ खनाल, ऋषि खनाल, अकुर तिमल्सिना लगायत सहभागी थिए ।


गोरखा नगरपालिका स्तरीय कार्यक्रम नगर अध्यक्ष कृष्ण रानाको अध्यक्षतामा भएको थियो । उक्त कार्यक्रममा कृष्ण धिताल, लेखबहादुर थापालगायत जिल्लाका नेता कार्यकर्ता सहभागी थिए । ‘कतै वडा कतै पालिकास्तरमा धेरै ठाउँमा जनयुद्ध दिवसको कार्यक्रम भयो’, सचिवालय सदस्य तिमिल्सिनाले भने ।


२७ औ जनयुद्ध दिवसको अवसरमा गोरखा बजारमा दीप प्रज्वलन गरिएको छ । वाइसिएल नेपाल गोरखा र अनेरास्ववियू(क्रान्तिकारी) गोरखाको आयोजनामा गोरखा सदरमुकामको हरमटारीमा दीप प्रज्वलन गरिएको हो । कार्यक्रम बोल्ने बक्ताहरुले एमसीसी राष्ट्रघाती रहेको भन्दै खारेज गर्नुपर्ने बताएका थिए ।


त्यस्तै नेपालका यस अघि भएका असमान सन्धी सम्झौताहरु खारेज गर्नुपर्ने माग गरेका थिए । कार्यक्रममा नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य सुशीला सिँखडा, अखिल क्रान्तिकारी गण्डकी प्रदेशका उपाध्यक्ष राजन आले, वाइसीयका केन्द्रीय सदस्य लक्ष्मी रम्तेल, अखिल क्रान्तिकारी गोरखाका अध्यक्ष विष्णु पाण्डे लगायतले मन्तव्य राखेका थिए ।

प्रतिक्रिया दिनुहोस्