| सोमवार, कार्तिक २३, २०८३

सिरानचोक आँखा उपचार केन्द्रका लागि उपकरण हस्तान्तरण


गोरखा लायन्स आँखा सेवाकेन्द्रले सिरानचोक आँखा उपचार केन्द्रलाई आँखा उपचारका उपकरणहरु हस्तान्तरण गरेको छ । आइतबार सिरानचोक गाउँपालिकाको केन्द्रमा पुगेर गोरखा लायन्स आँखा सेवा केन्द्रका पदाधिकारीले सो उपकरणहरु हस्तान्तरण गरेका हुन् ।


लायन्स क्लव अफ गोरखाका अध्यक्ष चन्दनबाबु खत्रीको अध्यक्षतामा सम्पन्न एक समारोहमा गोरखा लायन्स आँखा सेवाकेन्द्रका अध्यक्ष योङकुमार श्रेष्ठले उपकरणहरु गाउँपालिकाका प्रमुख राजु गुरुङलाई हस्तान्तरण गरेका हुन् ।


मोतियाविन्दू, लेजी आई लगायतका विभिन्न खालका आँखाका रोग तथा समस्याहरु पहिचान गर्ने नौ प्रकारका उपकरण हस्तान्तरण गरिएको अध्यक्ष श्रेष्ठले जानकारी दिए ।


सो अवसरमा गाउँपालिकाका प्रमुख गुरुङ, लायन्स क्लव अफ गोरखाका अध्यक्ष खत्री, प्रथम उपाध्यक्ष लक्ष्मणबाबु आचार्य, गोरखा लायन्स आँखा सेवाकेन्द्रका प्रमुख श्रेष्ठ लगायतले शुभकामना मन्तव्य ब्यक्त गरेका थिए ।


सिरानचोकमा आँखा उपचार केन्द्रका लागि आँखा रोगको उपचार गर्ने जनशक्ति, कर्मचारी र उपकरण प्रदान गर्ने गरी यसअघि सम्झौता गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्