| मङ्लबार, कार्तिक २४, २०८३

जिसस गोरखाको पाँचौँ जिल्ला सभा सम्पन्न

जिल्ला समन्वय समिति गोरखाको पाँचौ जिल्ला सभा शनिबार सम्पन्न भएको छ ।
जिल्ला सभामा जिल्ला समन्वय समितिका अध्यक्ष अशोक कुमार गुरुङले वार्षिक नीति तथा कार्यक्रमहरु प्रस्तुत गरेका थिए ।

कार्यक्रममा जिसस प्रमुख गुरुङद्वारा प्रस्तुत आर्थिक वर्ष २०७७\०७८ को कार्यहरुको प्रगति एवं आ.व. २०७८\७९ को वार्षिक नीति कार्यक्रम पारित गरिएको जिल्ला समन्वय समितिका सूचना अधिकारी हरिहर दवाडीले जानकारी दिए । गत आर्थिक वर्ष र चालु वर्षको बजेट अनुमोदन गरिएको उनले बताए ।

सभामा जिससद्वारा प्रकाशित ‘गोरखा जिल्लाको प्रमुख पर्यटकीय स्थानहरुको चिनारी फोटोपुस्तिका’ सार्वजनिक गरिएको छ । गोरखा जिल्लाभित्रका प्रमुख पर्यटकीय, धार्मिक, प्राकृति ऐतिहासिक पर्यटकीय गन्तव्यहरुको बारेमा समेटेर तयार पारिएको पुस्तक प्रकाशन गरिएका उनको भनाइ छ ।


त्यस्तै, मौज्दात कोषको बजेटबाट मौज्दात कोष परिचालन कार्यविधि २०७५ बमोजिम पालिकाहरुसँगको साझोदारीमा संचालन गर्ने प्रस्तावित योजनाहर स्वीकृत भएको उनले बताए ।

हाल जिल्ला समन्वय समितिको कोषमा १३ करोड ४१ लाख ७७ हजार ८६६ रुपैया मौज्दात रहेको र करिब १० करोड रकम जिल्लाका स्थानीय तहहरुसँग विकास निर्माण कार्यमा साझेदारी गर्ने निर्णय भएको उनले जानकारी दिए ।


जिससका प्रमुख अशोककुमार गुरुङको अध्यक्षतामा भएको कार्यक्रममा जिल्लाका ११ स्थानीय तहका प्रमुख उपप्रमुख लगायतको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्