| सोमवार, कार्तिक २३, २०८३

अजिरकोटमा सामुदायिक भवन निर्माणका लागि सांसद दवाडीद्धारा ५० हजार सहयोग

अजिरकोट गाउँपालिका वडा ५ मुच्चोक स्थित कुसुण्डे सालबोटमा सामुदायिक भवन निर्माणका लागि सांसद प्रकाशचन्द्र दवाडीले आर्थिक सहयोग गरेका छन् । गुम्बाको सामुदायिक भवन निर्माणका लागि सांसद दुवाडीले पाँच हजार सहयोग गरेको नवबुद्ध गुम्बा समूहका अध्यक्ष बृद्धी बहादुर तामाङले बताए ।
स्थानीयहरु विभिन्न सभा, गोष्ठी गर्न तथा तामाङहरुको रीतिरिवाजन अनुसारका विभिन्न कार्यक्रमहरु गर्न भवन निर्माण गर्न लागिएको उनले बताए । उनका अनुसार भवन भित्र एउटा ठूलो हल, दुई वटा कोठा र एउटा शौचालय निर्माण हुनेछ ।

भवनका लागि गाउँपालिकाले पनि डेढ लाख विनियोजन गरिएको उनले बताए । सो भवन निर्माणका लागि करिब आठ लाख लाग्ने अनुमान गरिएको छ । हाल भवन निर्माणका लागि जग्गा खरिसकेको र छिट्टै भवन निर्माण कार्य सुरु गर्ने उनले जानकारी दिए ।

यस अघि सामुदायिक भवन नहुदा विभिन्न कार्यक्रमहरु, परम्परागत रितीतिथी कार्यक्रमहरु गर्न समस्या हुने गरेको थियो । अव नयाँ सुविधा सम्म भवन बनेपछि स्थानीयहरु समूह छलफल गर्न, विभिन्न पुजाहरु गर्न धेरै सहज हुने समूहका अध्यक्ष तामाङले बताए ।

प्रतिक्रिया दिनुहोस्