
३ करोड ४० लाखमा भिमसेन थापा गाउँपालिकाको भबन बन्ने
गोरखाको भिमसेन थापा गाउँपालिकाको प्रशासकीय भबनको शिलान्यास गरिएको छ । तीन करोड ४० लाख लागतमा निर्माण हुन लागेको भबनको विहिबार भिमसेन थापा गाउँपालिकाका अध्यक्ष ईश्वर पाण्डेले शिलान्यास गरेका हुन् ।
२०७९ चैत मसान्त सम्म निर्माण सक्ने गरी एमएम कन्टूक्सन काभ्रेले उक्त भबन निर्माण जिम्मा लिएको हो । बिभिन्न १४ वटा कम्पनीबिच प्रतिषप्रर्धा भएकोमा उक्त कम्पनीले काम पाएको गाउँपालिकाले जनाएको छ । गाउँपालिकाको नाममा भिमसेन थापा गाउँपालिका ५ खान्चोकमा रहेको सात रोपनी जग्गा भित्र उक्त भबन निर्माण हुनेछ ।
‘प्रशासकिय भबन नहुँदा कागजात, गाउँपालिकाको सामग्री स्टोर गर्न र सर्वसाधारणलाई सेवा दिन, बैठक, कार्यक्रम संचालन गर्न पनि समस्या भएको छ’ अध्यक्ष पाण्डेले भने । गाउँपालिकाले प्राथमिक विद्यालयलाई स्थानान्तरण गरेर त्यहाँबाट पालिकाको सेवा संचालन सुरु गरेको थियो । केन्द्र बिवादले भबन निर्मण ढिलो भएको हो ।
अहिले हल रहेको ठाउँमा नयाँ भबन शिलान्यास गरिएको प्रमुख प्रशासकिय अधिकृत बिजयराज वाग्लेले बताए । निर्माण कम्पनीले २०७९ असोज भित्रै काम सक्ने दावी गरेका छन् । भिमसेन थापा गाउँपालिकाको वडा नम्बर १ र ६ बाहेकमा वडा कार्यालय पनि पक्की बनेको छ । वडा नम्बर ६ मा चालु वर्ष बन्ने र १ मा जग्गा नहुँदा समस्या भएको गाउँपालिका अध्यक्ष इश्वर पाण्डेले बताए ।




