| सोमवार, कार्तिक २३, २०८३

स्वरोजगार बनाउन ट्याक्टर चलाउने र मिनिटिलर बनाउने तालिम

गोरखामा सिप विकासका लागि विभिन्न खालका व्यवसायिक तालिम दिइने भएको छ । घरेलु तथा साना उद्योग कार्यालय गोरखाले कोभिड महामारीका कारण रोजगार गुमाएकाहरुका लागि सिप विकासका निम्ति तालिम दिन लागेको कार्यालय प्रमुख शुर्य भुजेलले बताए ।

गोरखा नगरपालिकामा २० जनालाई ट्याक्टर डूाईभिङ तालिम दिन निबेदन माग गरिएको छ । पालुङटार नगरपालिकामा २० जनालाई बाँस÷निगालोको फर्निचर तथा अन्य सामान बनाउने, अजिरकोट गाउँपालिकामा १५ जनालाई इलेक्टिूसियन र सिरानचोक गाउँपालिकाका १५ जनालाई मिमिटेलर मर्मत तालिम दिइने घरेलु तथा साना उद्योग कार्यालय गोरखाले जनाएको छ ।

भिमसेन थापा गाउँपालिकाका १५ जनालाई मिमिटेलर मर्मत तालिम र गण्डकी गाउँपालिकाका १५ जनालाई डल कुशन बनाउने तालिम दिइने कार्यालय प्रमुख भुजेलले बताए ।

१८ वर्ष पुगेको र ४५ वर्ष ननाघेको व्यक्तिहरु तालिममा सहभागि हुन पाउने छन् । सीप विकास तालिम लिएपछि सोहि तालिमसँग सम्बन्धित पेशा, व्यवसाय संचालनु पर्ने कार्यालयले जनाएको छ । तालिममा सहभागिता हुनका लागि फागुन ३ गते भित्र आवश्यक कागजात पेश गर्नुपर्ने उनले बताए । यो तालिम निशुल्क दिन लागिएको हो ।

नयाँ रोजगारी सिर्जना गर्न र स्वरोजगार बनाउन घरेलु तथा साना उद्योग कार्यालयले यस अघि उद्यमशिलता तालिम पनि संचालन गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्