
सुस्त मनस्थितिकी बालिका बलात्कृत
गोरखाको माछाखोलामा एक सुस्तमनस्थितिकी बालिका बलात्कृत भएकी छिन् । ११ बर्षकी बालिका मंगलबार साँझ सवारी चालकबाट बलात्कृत भएकी पिडितका अभिभावकले बताएका छन् ।
चकलेट र पैसाको प्रलोभन देखाएर ललाइफकाइ बालिकालाई बलात्कार गरेको अभिभावकले जनाएका छन् । ‘खाना खाने बेलामा त्यो नानी पनि हराई, त्यो ड्राइभर पनि हरायो । हामीले खोजतलास गर्दा एकछिनपछि दुवै जना संगसंगै बाहिर निस्किए’, अभिभावकले भने, ‘बच्चाले अल्लि असजिलो ब्यबहार गरी । अनि कोठाभित्र लगेर सोधपुछ गर्दा बलात्कार भएको पाइयो ।’
बुधबार बिहान मात्र अभिभावकले प्रहरीचौकी माछाखोलालाई खबर गरेका थिए । अभिभावकको निवेदन परेपछि चालक बूढानिलकण्ठ १३ कपन काठमाडौँका २७ बर्षका रितेश क्षेत्रीलाई नियन्त्रणमा लिएर जिल्ला प्रहरी कार्यालय पठाएको माछाखोला प्रहरी चौकीका असई रुद्र थापाले बताए ।
बुधबार संपर्कमा आएकी पिडित बालिकाको मेडिकल चेकजाँच गरिएको र बिहिबार मुद्धा दर्ता गर्ने जिल्ला प्रहरी कार्यालय गोरखाका डिएसपी प्रकाश दाहालले बताए ।




