| सोमवार, कार्तिक २३, २०८३

तीन हजार बालबालिकाले दोस्रो मात्रा मोर्डना खोप लगाएनन्

जिल्ला स्वास्थ्य कार्यालयको तथ्याङ्क भन्छ, कोरोना बिरुद्धको पहिलो मात्रा खोप लगाएका दुई हजार नौ सय १३ जना बालवालिकाले दोस्रो मात्रा लगाएका छैनन् । पालिका दाबी गर्छन्, पहिलो मात्रा लगाउँदा विद्यालय खुलेको र दोस्रो मात्रा लगाउँदा बन्द भएकाले खोप प्रभावित भयो ।

गोरखा नगरपालिकाभित्र पहिलो मात्रा मोर्डना खोप लगाउने १२ देखि १७ वर्ष उमेरका बालवालिकाको संख्या पाँच हजार छ सय ८५ थियो । दोस्रो मात्रा लगाउनेको संख्या जम्मा पाँच हजार १६ छ । छसय ६९ जना बालवालिकाले खोप दोहो¥याएनन् । ‘पढ्नका लागि बिभिन्न गाउँबाट सदरमुकाम आउने बालवालिका धेरै थिए । विद्यालय बन्द भएपछि उनीहरु गाउँघर फर्किए ।

त्यसैले छुटेका हुन्’, उनले भने । नगरपालिकाले विद्यालयमै बोलाएर र स्वास्थ्य संस्थामा पनि मोर्डना खोपको दोस्रो मात्रा दिएको थियो । अन्यत्र गएका बालवालिकाले स्थानीय तहले संचालन गरेको खोप केन्द्रमा लगाउन पनि सक्थे । तर जिल्लाभर सबै पालिकामा पहिलो मात्रा लगाउने भन्दा दोस्रो लगाउनेको संख्या कम छ ।

बारपाक सुलिकोट गाउँपालिकामा छ सय ४० जना बालवालिकाले दोस्रो मात्रा खोप लगाउन बाँकी छ । स्वास्थ्य कार्यालयका अनुसार दुईहजार आठसय सात जनाले पहिलो मात्रा लगाएका त्यहाँ दुई हजार एक सय ६७ जनाले दोस्रो मात्रा लगाएका छन् ।

तथ्याङ्कले बालवालिकाले खोप लगाउन नचाहेको वा बेवास्ता गरेको देखाउँछ । पालुङटार नगरपालिकामा तीन हजार छ सय ९२ ले पहिलो मात्रा लगाएका थिए भने तीन हजार चार सय ४६ बालवालिकाले मात्रै दोस्रो मात्रा लगाए । दुई सय ४६ जना बालवालिकाले मोर्डना खोपको दोस्रो मात्रा लगाउन बाँकी छ ।

दुई हजार सात सय ८४ बालवालिकाले पहिलो मात्रा खोप लगाएका आरुघाट गाउँपालिकामा दोस्रो मात्रा लगाउन बाँकी तीन सय ९५ जना छन् । दोस्रो मात्रा लगाउनेको संख्या भने जम्मा दुई हजार तीन सय ८९ रहेको छ । ‘अहिले पनि हामीले स्वास्थ्य संस्थामा बोलाएर छुटेकाहरुलाई खोप लगाईरहेका छौँ’, स्वास्थ्य शाखा प्रमुख विजय श्रेष्ठले भने ।

विद्यालय बन्द हुँदा शिक्षकलाई कसले खोप लगायो, कसले लगाएन भन्ने पनि यकिन नभएको बताउँदै उनले विद्यालय खुलेपछि पहिलो मात्रा लगाएका सबै पूर्ण खोपको दायरामा आउन सक्ने उनले बताए । शहीदलखन गाउँपालिकामा एक हजार छ सय ४९ जनाले पहिलो मात्रा लगाएका थिए भने एक हजार चार सय ८३ जनाले दोस्रो मात्रा लगाएका छन् । यहाँ एक सय ६६ जनाले दोस्रो मात्रा लगाउन बाँकी छ ।

अजिरकोट गाउँपालिकामा एक सय १४ जनाले दोस्रो मात्रा लगाएका छैनन् । एक हजार एक सय तीन जनाले पहिलो मात्रा लगाएकोमा दोस्रो मात्रा लगाउने नौ सय ८९ रहेका छन् । सबैभन्दा धेरै सिरानचोक र धार्चे गाउँपालिकामा दोस्रो मात्रा लगाइएको छ । एक हजार चार सय ५६ जनालाई पहिलो मात्रा मोर्डना खोप दिइएको त्यहाँ एक हजार चार सय १६ जनाले दोस्रो मात्रा लगाएका छन् । ४० जनाले मात्रा पुरा गर्न बाँकी छ । सिरानचोक गाउँपालिकामा ३९ जनाले दोस्रो मात्रा लगाउन बाँकी छ । एक हजार सात सय ९७ जनाले पहिलो मात्रा लगाएका थिए भने दोस्रो लगाउनेको संख्या एक हजार सात सय ५८ छ ।

गण्डकी गाउँपालिकामा एक हजार आठ सय ९७ जनाले पहिलो मात्रा खोप लगाएकोमा दोस्रो मात्रा लगाउनेको संख्या एक हजार चार सय ९३ रहेको छ । चार सय चार जनाले मोर्डना खोपको दोस्रो मात्रा लगाएका छैनन् ।

भिमसेन थापा गाउँपालिकामा एक हजार छ सय ४९ बालवालिकाले दोस्रो मात्रा खोप लगाएका छन् । पहिलो मात्रा लगाउनेको संख्या एक हजार आठ सय चार रहेको थियो । एक सय ५५ जना बालवालिका दोस्रो मात्रा लगाउन बाँकी देखिन्छन् । चुमनुब्री गाउँपालिकामा चार सय छ जनाले पहिलो मात्रा लगाएका थिए भने ४५ जनाले दोस्रो मात्रा लगाउन बाँकी छ ।

तीन सय ६१ जनाले दोस्रो मात्रा लगाएका छन् । विद्यालय बन्द हुँदा एउटा पालिकामा पहिलो मात्रा खोप विद्यालयमै लगाएका कतिपय बालवालिकाले दोस्रो मात्र अर्को पालिकामा लगाएको हुन सक्ने स्वास्थ्य शाखाका प्रमुखहरु बताउँछन् । तर जिल्लाभरको तथ्याङ्कमा बालवालिकाको दोस्रो मात्रा लगाउने अनुपात ८३ प्रतिशत मात्रै छ । विद्यालय खुलेपछि मात्रा पुरा नगरेकाहरुको पहिचान गरेर पुन खोप लगाउने योजनामा स्थानीय तहहरु छन् ।

प्रतिक्रिया दिनुहोस्