
समर्थन जुटाउन लायन्स क्लव ‘३२५ जे’ का उम्मेद्वार गोरखामा
लायन्स क्लव ‘३२५ जे’का नयाँ नेतृत्वका उम्मेद्वारहरु समर्थन (एस भोट)का लागि गोरखामा आएका छन् । उम्मेद्वारहरु क्लवको नयाँ नामाकरण भई ‘लायन्स क्लव ३२५ जे’ भएपछि समर्थन जुटाउन गोरखा आएका लायन्स क्लव अफ गोरखाका अध्यक्ष चन्दनबाबु खत्रीले जानकारी दिए ।
लायन्स क्लव ३२५ जेका नेमिनेटेड गभर्नरका उम्मेद्वार ध्रुवबाबु श्रेष्ठ, प्रथम भाइस डिस्टिूक्ट गभर्नरका उम्मेद्वार हरिप्रसाद मरहट्टा, सेकेण्ड भाइस डिस्टिूक्ट गभर्नरका उम्मेद्वार मिलन थापा गोरखा आएका हुन् ।
लायन्स क्लव अफ गोरखाका अध्यक्ष चन्दनबाबु खत्रीको अध्यक्षतामा होटल गार्डेनमा सम्पन्न एस भोट कार्यक्रममा लायन्स क्लव अफ गोरखा, लायन्स क्लव अफ गोरखा कालिका, लायन्स क्लव अफ गोरखा सिटी, लायन्स क्लव अफ गोरखा आरुघाट, लायन्स क्लव अफ तारानगरका पदाधिकारीहरु सहभागी थिए ।
गोरखा नगरपालिकाका मेयर राजनराज पन्तको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा मेयर पन्त, तीनै जना उम्मेद्वारहरु, लायन्स क्लव अफ गोरखाका पूर्व अध्यक्ष तथा रिजन चेयरमेन अच्यूतलाल श्रेष्ठ, पूर्व अध्यक्ष तथा सिनियर एड्भाइजर बद्रीबहादुर मास्के, पूर्व अध्यक्ष तथा सिनियर एड्भाइजर धिरजबहादुर मास्के, लायन्स क्लव अफ गोरखा कालिकाकी अध्यक्ष मीनादेवी श्रेष्ठ, लगायतले शुभकामना मन्तव्य व्यक्त गरेका पूर्व अध्यक्ष योङकुमार श्रेष्ठले जानकारी दिए ।




