| सोमवार, कार्तिक २३, २०८३

कुवापानीका परियार बोर्लाङमा मृत भेटिए

बिगत सात दिनदेखि हराइरहेका गोरखाका एक पुरुष शनिबार मृत अबस्थामा भेटिएका छन् ।

शहीद लखन गाउँपालिका ८ कुवापानीका ४२ बर्षका सन्दीप परियार शनिबार भीमसेन ७ बोर्लाङमा मृत अवस्थामा फेला परेका वडाअध्यक्ष काशिनाथ अम्गाईले जानकारी दिए ।

बोर्लाङको बारीमा उत्तानो परेको अबस्थामा परियारको शव भेटिएको स्थानीयको भनाई छ ।
मृतकको पोष्टमार्टमपछि मात्रै अन्त्येष्टि हुने प्रहरीले जनाएको छ । परियार बिगत लामो समयदेखि मानसिक रोगबाट ग्रसित थिए ।

प्रतिक्रिया दिनुहोस्