| सोमवार, कार्तिक २३, २०८३

जंगली जनावरबाट मारिएका घरेलु पशुचौपायाको राहतका बारेमा सुसुचित गरौँ

बसाईँ सराईका कारण अहिले दूरदराजका गाउँबस्ती रित्तिँदै छन् । जसले गर्दा कैयौँ गाउँबस्ती रित्तिएका छन् । उर्वर जग्गाजमिन बाँझिँदै छन् । यसले एकातिर गाउँलेको आत्मनिर्भरतामा ह्रास आउँदैछ, अर्कातिर गाउँबस्ती युवाबिहिनता हुँदैछ । त्यति मात्र होइन, जंगली जनावरहरु बाघ, बाँदरहरु गाउँ पसेका छन् ।

बचेखुचेका किसानले पालेका गाई, भैँसी, बाख्राहरु बाघ, भालुले मार्ने, घाइते बनाउने गर्न थालेका छन् । यसैलाई मध्यनजर गरी सरकारले घरपालुवा पशुचौपाया बाघ भालुले खाएमा राहत दिने कार्यक्रम ल्याएको छ । यसका लागि सरकारले गोरखामा जनावरको राहत वितरणका लागि मनास्लु संरक्षण क्षेत्र आयोजना कार्यालयबाट राहत वितरण गर्न सुरु गरेको छ ।

यसआर्थिक बर्षको पहिलो छ महिनामा तीनसय ३९ वटा पशुचौपाया मारिएकोमा राहत वितरण गरेको छ । यसबापत सो कार्यालयले गोरखाका ३० लाख ८९ हजार रुपैयाँ वितरण गरेको छ । आर्थिकवर्ष ०७५÷०७६ मा ९ लाख ३३ हजार एकसयरुपैयाँ क्षतिपूर्ति बिरतण गरेको थियो भने आव ०७६÷०७७ मा ३३ लाख ७५ हजार बितरण गरेको थियो । तर २०७७÷०७८ मा दोब्बर बढेर ६६ लाख ७८ हजार दुईसय रुपैयाँ क्षतिपूर्ति वितरण गरिएको थियो । उनका अनुसार उक्त वर्षमा चितुवाले ४६७ घर परिवारको ६२२ वटा पशु चौपायालाई आक्रमण गरी मारेको थियो ।

क्षतिपूर्ति लिनिका लागि स्थानीयहरुले सम्बन्धित घटनाको फोटो, व्यक्तिगत निवेदन, वडाको सिफारिस, गाउँपालिका पशु चिकित्सकबाट मुल्याङ्कनको सिफारिस पत्र, इलाका वन कार्यालयको सिफारिस र सम्बन्धित सामुदायिक वनको सिफारिस चाहिने कार्यालयले जनाएको छ ।

सबै निवेदन वन कार्यालयले संकलन गर्ने र क्षर्तिपूर्ति वितरणका लागि वनबाट एकमुष्ठमा निवेदनहरु मनास्लु संरक्षण आयोजना कार्यालयमा पठाउने गर्छ र सो कार्यालयले राहत प्रदान गर्छ । यस बिषयमा धेरै किसानहरु जानकार छैनन् । सरकारले दिने राहतको बारेमा जानकारी दिनु सबैको कर्तव्य हो ।

प्रतिक्रिया दिनुहोस्