| सोमवार, कार्तिक २३, २०८३

राष्ट्रिय युवा संघ र अखिलद्वारा गोरखामा मसाल जुलुश

पेट्रोलियम पदार्थमा गरेका मूल्यवृद्धि र स्थानीय तह निर्वाचन मिति घोषणा माग गर्दै गोरखामा शुक्रवार साँझ मसाल जुलुश प्रर्दशन भएको छ ।

राष्ट्रिय युवा संघ र अखिलका कार्यकर्ताहरु सहभागी मसाल जुलुश गोरखाको बसपार्क बाट शुरु भइ हरमटारी चोकमा पुगेर कोण सभामा परिणत भएको थियो ।

कोण सभालाई अनेरास्वीयूका केन्द्रिय सचिवालय सदस्य प्रबिण श्रेष्ठ, राष्ट्रिय युवा संघ गोरखाका इन्चार्ज भिम सुनार र संयोजक हरि रोका लगायतले संवोधन गरेका थिए ।

मसाल जुलुसमा सहभागीहरुले वर्तमान सरकार विरुद्ध नाराबाजी समेत गरेक थिए ।

प्रतिक्रिया दिनुहोस्