
सरकारले देशभरका म्यानपावरको वर्गीकरण गरिँदै
श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले वैदेशिक रोजगारमा संलग्न इजाजतपत्रवाला संस्था वैदेशिक रोजगार व्यवसायी ९म्यानपावर० कम्पनीलाई वर्गीकरण गर्ने तयारी गरेको छ ।
श्रम मन्त्रालयले म्यानपावर कम्पनीहरूको मापदण्ड तथा स्तर निर्धारण गरी वर्गीकरण गर्न आवश्यक सूचक तथा कार्यविधि तयार गर्न सहसचिव राजीव पोखरेलको संयोजकत्वमा कार्यदल गठन गरेको जनाएको छ ।
कार्यदलमा वैदेशिक रोजगार कार्यालयका प्रमुख, वैदेशिक रोजगार बोर्डका कार्यकारी निर्देशक तथा म्यानपावर कम्पनीका प्रतिनिधि सदस्य रहनुुभएको छ । मन्त्रालयका अनुसार कार्यदलले म्यानपावर कम्पनीलाई विभिन्न समूहमा वर्गीकरण गर्न मापदण्ड तथा सूचकहरू तयार गर्नेछ ।
वर्गीकरण गर्दा वैदेशिक रोजगारमा संलग्न इजाजतपत्रवाला संस्था ९म्यानपावर कम्पनी० कुन राम्रो र कुन नराम्रो भनेर छुटाउन सजिलो हुनेछ । नेपालमा अहिले करिब ८५४ वटा म्यानपावर कम्पनी रहेका छन् ।




