| सोमवार, कार्तिक २३, २०८३

खरिबोटमा सोनाम ल्होसार कार्यक्रम


खरिबोट सिस्नेको वौद्ध हिमाली युवाक्लवले सोनाम ल्होसारको अवसरमा भवन उद्घाटन तथा ल्होसार विशेष सांस्कृतिक कार्यक्रम आयोजना गरेको छ । बुधबार सोनाम ल्होसारको अवसरमा अजीरकोट २ सिस्नेको सो क्लवले निर्माण गरेको सामुदायिक भवनको गण्डकी प्रदेशका सांसद प्रकाशचन्द्र दवाडीले उद्घाटन गरेका हुन् ।


सो अवसरमा प्रमुख अतिथि सांसद दवाडीले क्लवलाई कार्यालय सञ्चालन तथा व्यवस्थापनका लागि ५० हजार रुपैयाँ आर्थिक सहयोग गरेका छन् । यसअघि सो भवन निर्माणका लागि पनि ५० हजार रुपैयाँ प्रदान गरेका थिए ।


क्लवका अध्यक्ष सञ्जय तामाङको अध्यक्षतामा सम्पन्न कार्यक्रममा प्रमुख अतिथि सांसद दवाडी, विशेष अतिथि गाउँपालिकाकी उपप्रमुख चन्द्रमाया गुरुङ, वडा नं. ३ का वडाअध्यक्ष तयराज गुरुङ, नेपाली कांग्रेसका क्षेत्रीय सभापति गोविन्द गुरुङ, कांग्रेसका अजीरकोट गाउँसभापति जंगबहादुर गुरुङ, कांग्रेसका महाधिवेशन प्रतिनिधि सुवास अधिकारी, नेविसंघका प्रवीण गुरुङ लगायतले शुभकामना मन्तव्य ब्यक्त गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्