| सोमवार, कार्तिक २३, २०८३

विद्यालय खुलेपछि पुनः मोर्डना खोप अभियान चलाइयोस्

विद्यालय खोले कोभिड फैलिएला भन्ने त्रास, नखोले खोप अभियान प्रभावित भएको छ । गोरखाक विद्यालयहरुमा सञ्चालित कोभिडविरुद्धको मोर्डना खोप अभियान विद्यालय बन्द हुँदा प्रक्षेपण गरेजतिलाई लगाउन सकिएको छैन ।

१२ देखि १७ वर्ष उमेरका बालवालिकालाई विद्यालयमै पुगेर मोर्डना खोपको पहिलो मात्रा लगाइएको थियो । त्यतिबेला २४ हजार आठ सय ७१ जनाले खोप लगाएका थिए । दोस्रो मात्रा खोप भने झण्डै ५० प्रतिशतले कम अर्थात १३ हजार तीनसय आठ जना बालवालिकाले लगाएका छन् ।
यो गोरखा, पालुङटार नगरपालिका, चुमनुब्री गाउँपालिका बाहेकको तथ्याङ्क हो । स्वास्थ्य कार्यालय गोरखाका अनुसार १२ देखि १७ वर्ष उमेरका २६ हजार छ सय ११ जना बालवालिका गोरखामा थिए । यीमध्ये २४ हजार आठ सय ७१ जनाले पहिलो मात्रा मोर्डना खोप लगाए ।

पहिले विद्यालय खुल्ला हुँदा खोप अभियान एकैपटक चलेको र शिक्षक, अभिभावकले अभिप्रेरित गरी खोप लगाएकाले धेरैले लगाएका थिए ।
बालबालिकाहरु खोप लगाउन यसै डराउँछन् । उनीहरुलाई अभिभावक तथा शिक्षकले ललाइफकाई खोप लगाउनु पर्छ नत्र प्राय बालबालिका नलगाउन पाए हुन्थ्यो भन्नेमै हुन्छन् । तर अहिले विद्यालय बन्द छ, अभिभावकलाई मात्र बालबालिकाले अटेरी गरी खोप नलगाउन सक्छन् ।
अहिले विद्यालय बन्द हुँदा बालवालिकालाई खोजेर विद्यालय वा स्वास्थ्य संस्था बोलाएर खोप लगाउनुपर्दा समस्या भएको । अहिले विद्यालय बन्द हुँदा दोस्रो मात्रा लगाउने संख्या केही कम देखिएको कार्यालयको पनि बुझाइ छ । अब केही हप्ताभित्र विद्यालय खुल्नेछ र त्यतिबेला पुन विद्यालयमा खोप अभियान सञ्चालन गर्नुपर्ने हुन्छ । त्यतिबेला भने धेरैभन्दा धेरै बालबालिकाले खोप लगाउनेछन् भन्ने विश्वास गर्न सकिन्छ ।

प्रतिक्रिया दिनुहोस्