| मङ्लबार, कार्तिक २४, २०८३

स्थानीय तहको चुनाव जेठ ४ मा हुन्छ, एमसीसी पनि पारित हुन्छ : प्रधानमन्त्री

प्रधानमन्त्री शेरबहादुर देउवाले स्थानीय तहको निर्वाचन जेठ ४ गते हुने बताएका छन् ।

उनलाई भेट्न पुगेको वाग्मती प्रदेशका पदाधिकारीसँगको छलफलमा प्रधानमन्त्री देउवाले निर्वाचन आयोगको परामर्शमा जेठ ४ गते स्थानीय तहको निर्वाचन गर्ने बताएका हुन् ।

उनले एमसीसी पनि पारित गर्ने तयारी रहेको जानकारी गराएका थिए ।

भेटमा सहभागी कांग्रेस नेता किरण गिरीले प्रधानमन्त्रीको भनाई उद्धृत गर्दै भने, “स्थानीय तहको निर्वाचन जेठ ४ मा हुन्छ । त्यसको लागि तयारी गर्नू । एमसीसी पनि पारित हुन्छ ।”

प्रतिक्रिया दिनुहोस्