
शहीद दिवसको अवसरमा लियो क्वबद्वारा दीप प्रज्वलन
शहिद दिवसको अवसरमा गोरखामा दीप प्रज्वलन गरिएको छ ।
लियो क्लव अफ गोरखाको आयोजनामा गोरखा सदरमुकामको हरमटारी चोकमा आइतबार साँझ दीप प्रज्वलन गरिएको हो ।
क्वका अध्यक्ष सुमनबाबु श्रेष्ठको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा प्रमुख अतिथि लायन्स क्लव अफ गोरखाका सचिव लायन अयोध्या जोशी, क्लवका प्रथम उपाध्यक्ष बालकृष्ण परियारले मन्तव्य राखेका थिए ।
न्यानो कपडा वितरण
पालुङटार नगरपालिका वडा २ मा सुराजी नेपालीको परिवारलाई न्यानो कपडा वितरण गरिएको छ । लियो क्लव अफ गोरखाले आर्थिक अवस्था कमजोर रहेका नेपाली एक कार्यक्रम गरी न्यानो कपडा वितरण गरिएको हो । १२ हजार बराबरको न्यानो कपडा वितरण गरिएको क्लवका अध्यक्ष सुमनबाबु श्रेष्ठले जानकारी दिए ।




