| सोमवार, कार्तिक २३, २०८३

विहिवार ४८ जना डिस्चार्ज, ३० जना संक्रमित थपिए

गोरखामा बिहिबार ३० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य कार्यालय गोरखाका अनुसार जिल्लाभित्रका १२ जना महिला र १८ जना पुरुषमा कोरोना संक्रमण पुष्टि भएको हो ।

कार्यालयका अनुसार कोरोना परिक्षण गर्ने क्रममा गोरखा अस्पतालमा ८ जना, पालुङटारमा ६ जना, आरुघाटमा ४ जना, भिमसेनथापामा ७ जना र अजिरकोटमा ५ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

उनीहरु सबै एन्टिजेनको क्रममा कोरोना संक्रमण पुष्टि भएको कार्यालयका फोकल पर्सन नारायणबाबु अर्यालले बताए । बिहिबार ६७ जनाको रिपोर्ट प्राप्त भएमध्य ३० जनामा संक्रमण देखिएको कार्यालयले जनाएको छ ।

योसँगै गोरखामा कोरोनाको संक्रिय संक्रमितको संख्या तीन सय ९४ पुगेको छ । जिल्लामा कोरोना परीक्षणको क्रममा ४४.७८ प्र्रतिशतमा कोरोना पोजेटिभ देखिएको उनले बताए ।

त्यस्तै, विहिबार एकैदिन ४८ जना संक्रमित निको भएर घर फर्किएका छन् । योसँगै पुस एक गतेदेखि हालसम्म एकसय २२ जना संक्रमित निको भएर घर फर्किएको बताएका छन् ।

कार्यालयका अनुसार गोरखामा निको हुने दर २३.५५ प्रतिशत रहेको जनाएको छ ।

कुनपालिकामा कति छन्, सक्रिय संक्रमित ?

११ स्थानीय तहमध्ये सबैभन्दा धेरै गोरखा नगरपालिकामा एकसय ४३ जना संक्रिय संक्रमित रहेका छन् ।

पालुङटारमा ४२, भीमसेन थापामा ३६, शहिदलखनमा १८, अजिरकोटमा २५, गण्डकीमा ९, बारपाकसुलिकोटमा ११, सिरानचोकमा ३६, आरुघाटमा ५२, धार्चेमा ११, चुमनुब्रीमा ११ जना सक्रिय सक्रमित रहेको कार्यालय गोरखाले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्