| सोमवार, कार्तिक २३, २०८३

कोभिड कारण तनहुँ जिल्ला प्रशासनमा बार अनुसार सेवा

कोभिड–१९ को जोखिमलाई मध्यनजर गर्दै जिल्ला प्रशासन कार्यालय तनहुँले बार अनुसार सेवा संचालन गर्ने भएको छ ।

पछिल्लो समयमा देशभर कोरोना संक्रमितको संख्या दिनानुदिन बढिरहेकाले बार अनुसार सेवा संचालन गरिएको प्रशासनले जनाएको छ ।
खोपकार्डको व्यवस्था अनिवार्य गर्दा समेत भीड कम नभएकाले कार्यालयबाट प्रदान गर्ने सेवा आलोपालो गर्नका लागि बार अनुसारको व्यवस्था गरिएको सहयाक प्रमुख जिल्ला अधिकारी काशीराम गैरेले बताए ।

कार्यालयले माघ १२ गतेदेखि अर्को व्यवस्था नभएसम्मका लागि स्थानीय तहका सेवाग्राहीलाई बार अनुसारको सेवा दिने निर्णय गरेको उनले जानकारी दिए ।

No description available.
प्रतिक्रिया दिनुहोस्