| मङ्लबार, कार्तिक २४, २०८३

पेट्रोलियम पदार्थको मुल्यबृद्धि बिरुद्ध अनेरास्ववियु र राष्ट्रिय युवा संघको गोरखामा प्रदर्शन

पेट्रोलियम पदार्थको मुल्यबृद्धि बिरुद्ध युवाहरु बिरोध प्रदर्शनमा गरेका छन् ।


केही समय अगाडि सरकारले बृद्धि गरेको पेट्रोलियम पदार्थको मृल्य तत्काल फिर्ता लिन माग गर्र्दै सोमबार अनेरास्ववियु र राष्ट्रिय युवा संघ नेपाल गोरखाका युवाहरुले संयुक्त रुपमा जिल्ला सदरमुकाममा विरोध प्रदर्शन गरेका हुन् ।


सरकारले बृद्धि गरेको पेट्रोलियम पदार्थको मुल्य तत्काल नघटाए चरणबद्ध रुपमा आन्दोलन गर्ने अनेरास्ववियुका केन्द्रीय सचिवालय सदस्य प्रवीण श्रेष्ठले बताए ।

महामारीको बेलामा सरकारले दैनिक उपभोग्य खाद्य पदार्थहरुमा भइरहेको निरन्तर मृत्यवृद्धि नियन्त्रण गर्नमा कुनै तदारुकता नदेखाएको श्रेष्ठले बताए । महामारीको समयमा पेट्रोलियम पदार्थमा मुल्यबृद्धि गरेर जनतालाई दुख दिने काम गरेको उनको भनाइ छ ।


राष्ट्रिय युवा संघ गोरखाका इन्चार्ज भीम सुनारले सरकारले कोरोना महामारीको बीच मल्यबृद्धि गरेर जनताको ढाड सेक्ने काम गरेको आरोप लगाउँदै सांकेतिक रुपमा विरोध प्रदर्शन गरेको बताए ।

उनका अनुसार सोमबार विहान एमाले गोरखाको पार्टी कार्यलयदेखि पेट्रोल पम्पसम्म युवाहरुले बढ्दो मुल्यबृद्धि बिरुद्धको नारा लगाएर बिरोध गरेका थिए । प्रदर्शनको क्रममा करिव एक घण्टा पेट्रोलपम्म बन्द गरिएको थियो भने पम्प अगाडि ट्याक्सी प्रदर्शनी गरिएको थियो ।


सो टोलीले प्रमुख जिल्ला अधिकारी शंकरहरि आचार्यमार्फत प्रधानमन्त्रीलाई मल्यवृद्धि फिर्ता लिन माग गर्दै ज्ञापन पत्र पठाएको छ । युवा संघ गोरखाका अध्यक्ष हरि रोकाले प्रजिअ आचार्यलाई सो ज्ञापन पत्र बुझाएका हुन् ।

प्रतिक्रिया दिनुहोस्