| मङ्लबार, कार्तिक २४, २०८३

गोरखाका सबै पालिकामा कोरोना, सक्रिय संक्रमित ३ सय नाघ्यो

गोरखामा कोरोना संक्रमितको संख्या तीन सय नाघेको छ । आईतवार ४४ जना संक्रमित थपिएसँगै गोरखामा संक्रिय संक्रमितको संख्या तीन सय १३ पुगेको हो ।


गोरखाका सबै पालिकामा संक्रिय संक्रमित रहेका छन् । सबैभन्दा धेरै गोरखा नगरपालिकामा एक सय ६९, आरुघाट गाउँपालिकामा ४३, पालुङटारमा २९, सिरानचोक २२, शहिदलखन २१, भिमसेन थापा १७, धार्चे ५, गण्डकी ३, चुमनुब्रीमा २ जना सक्रिय संक्रमित छन् । अजिरकोट र बारपाक सुलिकोटमा संक्रिय संक्रमितको संख्या एक÷एक रहेको छ ।


आईतवार ७७ जनाको एन्टिजेन गर्दा ४४ जनाको रिपोर्ट पोजेटिभ आएको हो । गोरखा अस्पतालमा २४ जना, आरुघाट गाउँपालिकामा ९ जना, पालुङटारमा ४ जना, गोरखा नगरपालिकामा ३ जना,शहीदलखनमा एक जना, भिमसेन थापामा ३ जनालाई कोरोना पुष्टि भएको स्वास्थ्य कार्यालय गोरखाले जनाएको छ ।

संक्रिय संक्रमित मध्ये दुई जना कोभिड अस्पतालमा उपचाररत छन् ।

प्रतिक्रिया दिनुहोस्