| सोमवार, कार्तिक २३, २०८३

उत्कृष्ट काम गरेका शसस्त्र प्रहरीमा कार्यरत गोरखाका दुई अधिकृत पुरस्कृत

२१ औँ सशस्त्र प्रहरी दिवसका अवसरमा कार्यसम्पादनमा उत्कृष्ट पाँच अधिकृत पुरस्कृत भएका छन। हरेक वर्ष स्थापनाको दिवसको अवसर पारेर सशस्त्र प्रहरीले उत्कृष्ट कर्मचारी पुरस्कृत गर्दै आएको छ ।

आइतबार सशस्त्र प्रहरी मुख्यालय हलचोकमा आयोजित स्थापना दिवसको कार्यक्रममा गोरखाका डिएसपी सुमनजंग थापा र सप्रनि शैलेन्द्र थापा पुरस्कृत भएका हुन् । त्यस्तै, डिएसपी सुमन बोगटी, सप्रनि सुवर्ण पोखरेल र सप्रनि गान्धरकुमार चौलागाईं पुरस्कृत भएको सशस्त्र प्रहरीले जनाएको छ । उनीहरुलाई उत्कृष्ट कार्यसम्पादन गरेको भन्दै पुरस्कृत गरिएको हो ।

प्रतिक्रिया दिनुहोस्