| मङ्लबार, कार्तिक २४, २०८३

निर्वाचन आयोगले तीन दल खारेज गर्‍यो

 निर्वाचन आयोगले तीन वटा राजनीतिक दलको दर्ता खारेज गरिदिएको छ ।आयोगले नेपाल युवा किसान पार्टी, ३३ दलीय मोर्चा र नेपाल शान्ति क्षेत्र परिषद् नामका तीन दलको दर्ता खारेज गरेको जनाएको छ ।


यी तीन दलले राजनीतिक दलसम्बन्धी एने २०७३ को दफा ४१ बमोजिम लेखापरीक्षण प्रतिवेदन बुझाएका थिएनन् । लेखापरीक्षण प्रतिवेदन नबुझाउने दललाई आयोगले २० हजारसम्म जरिवाना गर्ने गर्छ ।


गत साउन २० गते यी तीन वटै दललाई लेखापरीक्षण प्रतिवेदन बुझाउन आयोगले आग्रह गरेको थियो । तर, यी दलले जरिवाना नबुझाएकोले खारेज गरिएको आयोगले जनाएको छ ।
आयोगमा २०७३र०७४ मा यी दल आयोगमा दर्ता भएका थिए।

प्रतिक्रिया दिनुहोस्