
पहिरोका कारण मुग्लिन – नारायणगढ सडक खण्ड अबरुद्ध
पहिरोका कारण नारायणगढ–मुग्लिन सडक खण्ड अबरुद्ध भएको छ । चितवनको इच्छाकामना गाउँपालिका–६ कालीखोलामा राति साढे २ बजे खसेको सुक्खा पहिरोका कारण सडक खण्ड दुईतर्फी नै ठप्प भएको जिल्ला प्रहरी कार्यालय चितवनले बताएको छ ।
प्रहरी कार्यालयका अनुसार सडकमा भित्ताको डाँडो नै खसेको छ ।
सडकमा ठूला ठूला ढुङ्गासमेत खसेकाले हटाउन तीन/चार घण्टा लाग्ने प्रहरीले जनाएको छ । सडक अवरुद्ध हुँदा रातीदेखि नै यात्रु अलपत्र परेका छन् ।




