| सोमवार, कार्तिक २३, २०८३

१३ जनालाई कोरोना, आँबुखैरेनी गाउँपालिकाको सेवा बन्द

तनहुँको आँबुखैरेनी गाउँपालिकामा कार्यरत १३ जना कर्मचारीलाई कोरोना संक्रमण भएपछि सेवा बन्द गरिएको छ । गाउँपालिका अध्यक्ष गिरबहादुर थापाले सुचना जारी गर्दै माघ ९ गते सम्मका लागि सेवा प्रबाह बन्द गरिएको बताएका छन् ।

एकै पटक गाउँपालिकामा कार्यरत १३ जना पदाधिकारी एवं कर्मचारीलाई कोरोना पुष्टि भएपछि सेवा बन्द गर्नुपरेको उनले बताए । ‘सार्वजनीक सेवा केहीदिनका लागि बन्द गरेका छौँ’ उनले भने ‘सेवा दिन जनशक्ति नभएर बन्द गर्नु परेको हो ।’

सेवा बन्द हुँदा सर्वसाधारणलाई असुविधा परेको प्रति पालिकाले क्षमा मागेको छ । साथै स्वास्थ्य सुरक्षाको मापदण्ड पालना गर्न पनि पालिकाबासीलाई अनुरोध गरेको छ ।

प्रतिक्रिया दिनुहोस्