| सोमवार, कार्तिक २३, २०८३

गोरखामा आज ६५ जनालाई कोरोना

गोरखामा मंगलवार ६५ जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य कार्यालयका अनुसार सबैभन्दा धेरै गोरखा नगरपालिकाले ९५ जनाको एन्टिजेन जाँच गर्दा २९ जनालाई कोरोना संक्रमण पुष्टि भएको हो ।

यस्तै गोरखा अस्पतालमा ४२ जनाले एन्जिजेन जाँच गर्दा २५ जनालाई कोरोना पुष्टि भएको छ । आरुघाट गाउँपालिकामा ९ जना र पालुङटार नगरपालिकामा दुई जनालाई मंगलवार संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय गोरखाका महामारी फोकल पर्सन नारायणबाबु अर्यालले बताए ।

गोरखामा केही दिन यता संक्रमणदर बढेको छ । सोमवार गोरखा नगरपालिकाका ११ जना कर्मचारी सहित २७ जनालाई संक्रमण पुष्टि भएको थियो ।

गोरखामा अहिले सक्रिय संक्रमितको संख्या एक सय ४९ रहेको छ । यी मध्ये एक सय चार जना गोरखा नगरपालिका भित्र छन् । संक्रमित सबै होम आइशोलेसनमा रहेको स्वास्थ्य कार्यालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्