
बुङकोटमा तपाइको मास्क खै ? अभियान सुरु
शहिद लखन गाउँपालिका वडा नं ७ बुङकोट स्थिीत खाब्दीभन्ज्याङमा तपाइको माक्स खै अभियान सुरु भएको छ । बुङकोट स्वास्थ्य चौकीको आयोजना तथा वडाको समन्वयमा माक्स खै अभियान सुरु गरिएको हो ।

जिल्लामा कोरोना संक्रमणको दर बढ्दै गएकाले सबैले अनिवार्य रुपमा मास्क प्रयोग गर्न र खोप लगाउनका लागि स्थानीयहरुलाई जनचेतना जगाउन अभियान सुरु गरिएको वडा अध्यक्ष शरण श्रेष्ठले बताए ।

‘महामारी नियन्त्रण र रोकथाममा मेरो प्रतिबद्धता मास्क लगाउनु नै हो, आजको आवश्यकता’ भन्ने नारा सहित मंगलबार बिहान सो सडकखण्डमा आवतजावत गर्ने सार्वजनिक सवारी साधन, स्थानीयहरुलाई मास्क वितरण गरिएको थियो ।

सार्वजनिक यातयात, मोटर साइकल, पसलहरुमा आउने ग्राहकहरुलाई र स्थानीय सबैलाई अनिवार्य मास्क लगाउन अनुरोध गरिएको उनले बताए । त्यस्तै, स्थानीयहरुलाई कोरोना भाइरस न्यूनीकरणका लागि कोभिड सम्बन्धी सचेतना गराएको उनले बताए ।
सबैले अनिवार्य मास्क लगाउन, भौतिक दुरी तथा सामाजिक दुरी कायम गरी आउजाउ तथा भेटघाट गर्न, अनिवार्य कोभिड खोप लगाउन अनुरोध गरिएको उनले बताए ।





