| सोमवार, कार्तिक २३, २०८३

गोरखामा आज देखि विद्युतीय राहदानी वितरण सुरु

गोरखामा आज देखि विद्युती राहदानी (ई–पासपोर्ट) वितरण सुरु हुने भएको छ । मंगलबार देखि ई–पासपोर्ट विरतण गर्न लागिएको जिल्ला प्रशासन कार्यालय प्रशासकीय अधिकृत गणेश भट्टराईले बताए ।


विद्युतीय राहदानी वितरण गर्न आवश्यक उपकरण जडानको काम सकिएको उनले बताए । ‘गृहमन्त्रालयबाट आएका प्राविधिक टोलीले आवश्यक उपकरण जडान गरिसकेका छन् । ‘यो नयाँ प्रणाली भएकाले सुरु, सुरुमा थोरै संख्यामा वितरण गछौ, दैनिक १० देखि १५ वटा सम्म ईपासपोर्ट वितरण गर्ने तयारी छ । बिस्तारै दैनिक वितरण गर्ने संख्या पनि बढाउदै लान्छौैँ ।’ काठमाडौबाट आएको प्राविधिक टोलीले आइतबार देखि कम्प्युटर लगायतका आवश्यक मेसिन जडान गरिसकेको उनले बताए ।

अब बायोमेटिूक जाँच, फोटो खिच्ने, फारम भर्ने लगायतका सबै काम अनलाइन सिस्टममा हुने उनले बताए । उनका अनुसार ई–पासपोट लिन राष्टिूय परिचय पत्र अनिवार्य बनाउनुपर्नेछ ।
यो व्यवस्था लागुभएसँगै विद्युतीय पासपोर्ट वितरण हुनेछ । अव गोरखाबाट नै ई–पासपोट वितरण हुने भएपछि काठमाडौ जानुपर्ने बाध्यता हटेको कार्यालयले जनाएको छ । ईपासपोर्ट यस अघिको एमआरपी भन्दा बढी प्रभावकारी हुने बताइएको छ ।


के हो ई–पासपोर्ट ?


तेस्रो पुस्तोको अर्थात् अन्तर्राष्टिूय स्तरको सुरक्षित ई–पासपोर्ट नेपालले लागू गरेको छ । ई–पासपोर्ट भनेको विद्युतीय राहदानी हो । जसमा विद्युतीय चिप र एन्टेना हुन्छ । यसमा भएको डाटा पेजमा अप्टिकल क्यारेक्टर रिकग्नाइजेसन फर्म्याटमा मेसिन रिडेबल जोन हुन्छ ।

राहदानी रिडर मेसिनले रिड गर्दा राहदानीमा उल्लेखित महत्त्वपूर्ण विवरणहरू देखिन्छ । चिपमा औँठाछाप, तस्विर लगायतका व्यक्तिगत विवरणहरू हुन्छन् । यी विवरणहरू राखेर चिप लक गरिसकेपछि कसैले थपघट वा फेरबदल गर्न मिल्दैन । पोलिकार्बोनेट सहितको डाटा भएको यो पासपोर्ट पूर्ण सुरक्षाको आधारमा बनाइएको विभागकाले जनाएको छ ।


अन्य राहदानीलाई पुरानै रंगमा छोडे पनि साधारण राहदानीको रंग भने परिवर्तन गरेको छ । साधारण राहदानी चकलेटी खैरो हुन्छ भने यसको पृष्ठ पनि ३४ र ६६ पेज गरी दुई प्रकारका हुनेछ । राहदानी साधारण, कुटनीतिक, विशेष, सर्भिस, अस्थायी, सिम्यान्स अभिलेख किताब गरी सात प्रकारका हुने छन् । विभागले दुई महिनाअघि नै परीक्षण गरेको थियो । जुन सफल भएपछि माघदेखि जारी गरिएको हो । यसका लागि गत वर्षदेखि काम थालिएको थियो । कोरोना महामारीको समयमा समेत ई–पासपोर्टका लागि विभागले काम गरेको थियो ।


हातले लेख्ने राहदानीबाट मेसिनले पढ्ने हुँदै अहिले ई–पासपोर्ट आएको छ । चिप्स र विद्युतीय बारकोड सहित यो विशेष र सुरक्षित छ । कतिपय मुलुकमा अत्याधुनिक पासपोर्ट पनि आइसकेको छ । जसलाई चौथो जेनेरेशनको पासपोर्ट पनि भनिन्छ । तर, त्यो खासै उपयोगमा आएका छैनन् । भिसा नचाहिने मुलुकमा स्मार्ट कार्डहरूको प्रयोग गरिन्छ । त्यही स्मार्ट कार्ड, स्मार्ट फोन पासपोर्ट, क्लाउड पासपोर्ट, भर्चुअल आइडी लगायतलाई चौथो जेनेरेसन पासपोर्ट भनिन्छ ।


एमआरपी पासपोर्ट बनाउनेले तत्कालै ई–पासपोर्ट बनाउनुपर्ने बाध्यता छैन । तर, कुनै न कुनै समयमा ई–पासपोर्ट जारी गर्नैपर्ने हुन्छ । त्यसो हो भने किन ढिला गर्ने भनेर अहिले नै जारी गरिएको अर्यालको भनाइ छ ।
यसमा विदेशस्थित कूटनीतिक नियोग र जिल्ला प्रशासन कार्यालयहरूले रुजु गर्ने लाइभ इनरोलमेन्ट गर्ने र भेलिडेट गर्ने कार्य गरी सकेपछि राहदानी विभागले बनाउने काम गर्ने उनले बताए ।


विश्वमा हाल चलेको सबैभन्दा सुरक्षित र भरपर्दो राहदानी हुनाले विश्वास योग्य पनि रहेको उनको भनाइ छ । ई–पासपोर्टले विदेश यात्रामा निकै सहजता ल्याउँछ । विद्युतीय गेटहरूमा पनि आफैं स्क्यान गरेर जान सकिन्छ ।


कति लाग्छ शुल्क ?
जिल्ला प्रशासनबाट ई–पासपोर्ट बनाउन करिब १५ दिन समय लाग्नेछ । आकस्मिक रुपमा पासपोर्ट जारी गर्नुपरे काठमाडौंमै जानुपर्नेछ । यसरी पासपोर्ट बनाउन १२ हजार शुल्क लाग्नेछ ।


जिल्लाबाट बनाउँदा ५ हजार शुल्क तिर्नुपर्नेछ । सेवाग्राहीले जिल्ला प्रशासनमा पुगेर फारम र आवश्यक डकुमेन्ट बुझाउन सक्नेछन् । उक्त डकुमेन्ट जिल्ला प्रशासन कार्यालयले विभागको सर्भरमा अपलोड गर्नेछ । विभागले ई–पासपोर्ट जारी गरेर हुलाकमार्फत जिल्ला प्रशासन कार्यालयहरुलाई पठाउनेछ । यो पासपोर्ट जारी गर्न धेरै समय लाग्दैन । सेवाग्राहीलाई पनि कार्यालयमा धेरै समय कुर्नुपर्दैन । उनका अनुसार यो उतिकै विश्वसनीय छ । विगतमा प्रदान गर्दै आएको पासपोर्ट भन्दा यो पासपोर्ट बनाउन निकै कम समय लाग्छ ।


नेपालमा यो भन्दा अघि हस्तलिखित र हरियो रंगको मेसिनरी राहदानी जारी हुँदै आएको थियो । अबदेखि संसारभर प्रचलित, वैज्ञानिक र भरपर्दो मानिएको इलेक्ट्रोनिक पासपोर्ट शुरु भएको विभागले जनाएको छ । सेवाग्राहीले पहिलेको पासपोर्टमा जस्तै बुकलेट पाउनेछन् । नयाँ इलेक्टूोनिक पासपोर्ट ३४ पृष्ठको छ । नयाँ पासपोर्ट राष्ट्रिय परिचयपत्रसँग पनि कनेक्ट गरिएको छ । चिपमा फेरबदल गर्न नसक्ने अवस्था हुँदा पासपोर्टलाई मेसिन–कम्प्युटरले सहजै रिड गर्न सक्ने विभागको दाबी छ ।

प्रतिक्रिया दिनुहोस्