| सोमवार, कार्तिक २३, २०८३

सिरानचोक २ मा एकल महिला समूह गठन

९४ वटै वडामा एकल महिला समूह गठन गर्ने अभियान अन्तर्गत आइतबार सिरानचोक गाउँपालिका वडा नं. २ स्तरीय कमिटी गठन भएको छ । आइतबार सम्पन्न भेलाले सरस्वती ढकालको अध्यक्षतामा १५ सदस्यीय कमिटी गठन गरिएको हो ।

मानव अधिकारका लागि महिला, एकल महिला समुह गोरखाको सहजीकरण र समन्वयमा सो समिति गठन गरिएको हो ।

एकल महिला समूह सिरान्चोक गाउँपालिकाकी अध्यक्ष पूmलमाया गिरीको अध्यक्षतामा सम्पन्न सो भेलामा प्रमुख अतिथि वडाअध्यक्ष ज्ञानेन्द्र गुरुङ, एकल महिला समुहकी केन्द्रीय सदस्य मीना अधिकारी, सल्लाहकार कुमारी गुरुङ, सदस्य खुसीमान गुरुङ, वडासदस्य देवुमाया गुरुङले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्