
आज गोरखाका २४ जनामा कोरोना संक्रमण पुष्टि
गोरखामा आज(आइतबार) २४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । जिल्ला भित्रका १५ जना महिला र ९ जना पुरुष गरी २४ जनालाई कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय गोरखाले जनाएको छ ।
कार्यालयका अनुसार गोरखा अस्पतालमा परिक्षणका क्रममा १४ जना महिला र ८ जना पुरुषमा कोरोना संक्रमण पुष्टि भएको हो । आरुघाट गाउँपालिकामा एक महिला र एक पुरुषमा कोरोना संक्रमण पुष्टि भएको कार्यालयका फोकल पर्सन नारायणबाबु अर्यालले जानकारी दिए ।
एन्टिजेन परिक्षणको क्रममा उनीहरुलाई कोरोना संक्रमण पुष्टि भएको हो । योसँगै जिल्लामा कोरोनाको संक्रिय संक्रमितको संख्या ५२ पुगेको छ । गोरखामा हाल कोरोना संक्रमणको दर ५७ प्रतिशत रहेको कार्यालयले जनाएको छ ।
कुन पालिकामा कति छन्, सक्रिय संक्रमित ?





