
चोरीको अभियोगमा गोरखामा एकजना पक्राउ
गोरखामा विभिन्न समयमा सुन, चाँदी, नगद लगायतका सामग्री चोरी गरेको आरोपमा एक जना पक्राउ परेका छन् । कास्कीको रुपाकोट गाउँपालिका वडा नं . ६ घर भई हाल गोरखा नगरपालिका ६ स्थित बिसौनी मोडमा बस्दै आएका २९ बर्षका जलालदिन मियाँलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय गोरखाले जनाएको छ ।
उनलाई फरक–फरक मितिमा दुई ठाउँमा चोरीमा संलग्न रहेको अभियोगमा पक्राउ गरिएको हो । प्रहरीको प्रारम्भिक अनुसन्धानका क्रममा उनले गत कात्तिक २२ गते गोरखा नगरपालिका १० बिरेन्चोकस्थित देवीमाया खनाल र पुस ४ गते गोरखा नगरपालिका वडा नं ८ रानीवनस्थित रविनकुमार थापाको घरमा चोरी गरेको खुलेको प्रहरी निरीक्षक धर्मबहादुर अधिकारीले बताए ।
प
क्राउ परेका मियाँले खनालको घरबाट २ तोला बराबरको सुनका गहना र १० तोला बराबरको चाँदीका गहनाका साथमा नगद २५ हजार र एउटा मोबाइल र थापाको घरबाट साँढे तीनतोला बराबरका सुनका गहना र १० तोला बराबरका चाँदीका गहनाका साथमा नगद १० हजार चोरी गरेको जिल्ला प्रहरी कार्यालय गोरखाले जनाएको छ ।
पक्राउ परेका मियाँलाई मंगलबार नकजबजनी शिर्षकमा मुद्धा दर्ता गरी गोरखा जिल्ला अदालतबाट ७ दिनको म्याद लिएर अनुसन्धान भैरहेको अधिकारीले जानकारी दिए ।




