| सोमवार, कार्तिक २३, २०८३

एकघर एक धारा योजना छिट्टै साकार होस्

बारपाक सुलिकोट गाउँपालिकाको वडा ६ स्थित ताकुकोट भज्याङका स्थानीयले केही समय यता घरबाट नजिकै करिब आधा घण्टाको दुरीमा पानीको सुविधा पाए । तर हिजोआज घरघरमा पानी झरेको छ । केही वर्ष अघि घण्टौँ पानी लिन धाउनुपर्ने बाध्यता थियो । पिउने पानी आगनमै झरेपछि स्थानीय औधी खुसी भए । कारण पानीकै लागि घण्टौँ बिताउनुपर्दा खेतीबाली लगाउने समय छुट्याउन मुस्किल थियो ।
यो समस्या ताकुकोट भञ्ज्याङका सर्वसाधारणलाई मात्र होईन । गोरखाका थुप्रै गाउँका स्थानीयले पहिले पनि भोगे र अहिले पनि केही ठाउँमा पानीका लागि घण्टौँ खर्चनुपर्ने बाध्यता छ ।

गण्डकी प्रदेश सरकारले एक घर, एक धाराको योजना अघि बढाएसँगै गोरखाका २५ हजार भन्दाबढि घरमा धारा जोडिएका छन् । खानेपानी तथा सरसफाई डिभिजन कार्यालय गोरखाका अनुसार यो क्रम तिब्र रुपमा चलिरहेको छ । सरकारले अबको एक वर्ष भित्र सबै घरमा धारा पु¥याउने लक्ष्य लिएर काम गरिरहेको जनाएको छ ।

स्थानीय सरकारले पनि घरघरै पानी पु¥याउनु आफ्नै रणनीति र योजना बनाएर काम गरिरहेको बताएका छन् । स्थानीय सरकारको पाँच वर्ष र प्रदेस सरकारको चार वर्ष बितिसक्दा अहिले पनि सबै घरमा पानी झरेको छैन । कारण सुस्त गतीमा काम भएको छ । काम भएका कतिपय ठाउँमा भुक्तानीको समस्या छ । बजेटको पूर्व तयारी बिना कतिपय क्रमागत योजनाको काम सकिईसकेको छ । निर्माण ब्यवशायी बजेटको पर्खाईमा छन् । कतिपय भने ब्यवशायीले काम नगरेकै कारण आयोजना अन्यौलमा छ ।

मुहान बिवाद, पाईप लाईन बिस्तारको समस्या, निग्रानी र अनुगमनको कमि जस्ता कारणले खानेपानी आयोजनाहरुको निर्माण सुस्त छ । अनेकौँ खाले यस्ता समस्याको पहिचान गरेर घरघर एक धाराको सपना र योजना साकार बनाउन स्थानीय, प्रदेस सरकार संवेदनशिल रुपमा लाग्नुपर्छ ।

प्रतिक्रिया दिनुहोस्