
कोभिडका कारण बारपाकसुलिकोटमा रनिङ शिल्ड प्रतियोगिता स्थगित
बारपाक सुलिकोट गाउँपालिकाले आयोजना गर्न लागेको रनिङ शिल्ड प्रतियोगिता स्थगित भएको छ ।
गाउँपालिकाले सोमबार सूचना जारी गर्दै पछिल्लो समयमा देशभर कोरोना संक्रमण बढेसँगै हाल तीब्र रुपमा पैmलिरहेको संक्रमणलाई मध्यनजर गर्दै प्रतियोगिता स्थगित गरिएको जनाएको छ । गाउँपालिकाको पुष २२ गतेको वैठकले पुष २८ देखि ३० गते सम्म बारपाक सुलिकोट रनिङ शिल्ड प्रतियोगिता आयोजना गर्ने निर्णय भएको थियो । तर शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको पुष २६ गतेको निर्णय अनुसार पुष २७ गते देखि माघ १५ गते सम्म देशभरका आधारभूत तथा माध्यमिक विद्यालय बन्द गर्न निर्देशन दिएको छ ।
त्यस्तै, सबै शिक्षण संस्थाहरुले अर्को सूचना जारी नभएसम्म अभिभावक दिवस र वार्षिक उत्सव जस्ता सार्वजनिक समारोहको कार्यक्रमहरु आयोजना नगर्न भनी निर्देशन भएको गाउँपालिकाले जनाएको छ ।
सोहि निर्देशन अनुसार अर्को सूचना प्राप्त नभए सम्म उक्त प्रतियोगिता स्थगित गरिएको गाउँपालिकाले जनाएको छ ।




