| सोमवार, कार्तिक २३, २०८३

एमाले अधिवेशन सकियो, नयाँ कमिटीको सपथग्रहण

नेकपा एमाले गोरखाको सातौँ जिल्ला अधिवेशन सकिएको छ । अधिवेशन सकिएलगत्तै नयाँ जिल्ला कमिटिको सपथग्रहण पनि सोमवार भएको एमालेका जिल्ला सचिव काजिराम रोकाले बताए । एमाले केन्द्रिय सदस्य रामशरण बस्नेतले नयाँ कमिटिलाई सपथ ग्रहण गराएका हुन् ।
अध्यक्ष, उपाध्यक्ष, सचिव सहित ६३ सदस्य सर्वसम्मत चयन गरेको एमाले गोरखामा उप सचिव र अन्य केही सदस्यका लागि भने चुनाव भएको थियो । अध्यक्षमा प्रेम गुरुङ दोस्रो कार्यकालका लागि दोहोरिएका हुन् । जिल्ला कमिटिको उपाध्यक्ष कृष्ण नेपाली, सचिव काजिराम रोका चयन भए । दुई जना उपसचिवका लागि भएको निर्वाचनमा सुरेशबाबु श्रेष्ठ र विशाल थापा विजयी भए भने उप सचिवका अर्का उम्मेदवार राजन गुरुङ थिए ।

त्यस्तै गरी २० खुला सदस्य, पाँच जना जनजाती पुरुष सदस्य र तीन जना उत्पीडित पुरुष सदस्यका लागि भने निर्वाचन भएको थियो । जसमा खुल्ला २० तफ ईश्वरप्रसाद दुवाडी, काजीराम श्रेष्ठ, किसान गुरुङ, नेदारमणी खनाल, खिलबहादुर राना, खिलप्रसाद पनेरु, चित्र खड्का, तिर्थबहादुर नेपाली, धनिन्द्र धमाल, धु्रव ढकाल, प्रविण अधिकारी, प्रेमकुमार पुडासैनी, बकबहादुर लामा, बिनोद पन्थ, भिमबहादुर बोगटी, मोहन भट्टराई, रामहरी केसी, सन्जिब श्रेष्ठ, साधुराम थापा, सुजन बानियाँ चयन भएका छन् ।

यस्तै जनजाती पुरुष तर्फ आशबहादुर गुरुङ, बलराम थापा, भिमबहादुर गुरुङ, राजु गुरुङ, सानुकाजी वन्त निर्वाचित भए । उत्पीडित पुरुष तर्फ सुजन परियार, नरबहादुर सार्की, टिकाराम नेपाली चयन भए ।

यससंगै अधिवेशनले १०५ सदस्यीय जिल्ला कार्य समिति चयन गरेको छ । सोमबार बसेको जिल्ला कमिटीको पहिलो बैठकले सातौँ जिल्ला अधिवेशनमा सहभागी र सहयोग गर्न मद्धत गर्ने सबैलाई धन्यवाद ज्ञापन गर्ने निर्णय गरेको उनले बताए । दोस्रो बैठकले केही सदस्य मनोनित गते सचिव रोकाले जानकारी दिए । आगामी बैठक माघको ३ र ४ गते बस्ने निर्णय भएको सचिव रोकाले बताए ।

प्रतिक्रिया दिनुहोस्