
शक्ति माविमा अक्षयकोष स्थापना
जिल्लाकै सबैभन्दा जेठो विद्यालय भनेर चिनिने सदरमुकामस्थित शक्ति माध्यमिक विद्यालयका सेवा निवृत्त शिक्षकहरुलाई सम्मान गरिएको छ । २०४१ सालमा प्रवेशिका परीक्षा उतीर्ण गरेका विद्यार्थीहरुको समूहले शनिबार एक कार्यक्रम गरी निवृत्त शिक्षकहरुलाई सम्मान गरेको हो ।
रानीवनमा शनिबार पुनर्मिलन कार्यक्रम आयोजना गरी पूर्व शिक्षकहरु रामचन्द्र आचार्य, गोबर्धन आचार्य, रामप्रसाद अधिकारी, कृष्ण राना, मन्जु अर्याललाई सम्मान गरिएको अच्युतलाल श्रेष्ठले जानकारी दिए ।
सोही अवसरमा शक्ति माविको शैक्षिक गुणस्तर विकासका लागि दश लाखको अक्षय कोष स्थापना गर्ने निर्णय गरेको छ । सोहि निर्णय अनुरुप शनिबार विद्यालयका खातामा चार लाख ५० हजार रुपैया जम्मा गरेको उनले जानकारी दिए । बाँकी रकम उठाएर जम्मा गरिने उनले बताए । सोही भेलाले ११ सदस्यीय नयाँ कार्यमिति गठन गरेको छ ।
समितिको अध्यक्षमा निरज भट्टराई, उपाध्यक्षमा गायत्री आचार्य, सचिबमा अच्युतलाल श्रेष्ठ र कोषाधक्षमा दमनबाबु श्रेष्ठ चयन भएका छन् । समितिको सदस्यहरुमा हिरालाल श्रेष्ठ, लिला खत्री, डिल्लीराम अर्याल, गोवद्र्धन श्रेष्ठ, उमा अर्याल, राजेन्द्र जोशी , महेश श्रेष्ठ चयन भएका छन् । २०४१ सालमा शक्ति माविबाट प्रवेशिका परीक्षा उतीर्ण गरेका विद्यार्थीहरुको सहभागिता रहेको उक्त भेला विविध कार्यक्रम गरी गरेको जनाएको छ ।




