
बुटार र पृथ्वीराजमार्ग जोड्नेगरी त्रिशुलीमाथि जीपलाईन संचालनमा
गण्डकी गाउँपालिका १ बुट्टारस्थित ‘रिभर फन बीच’ ले जिपलाईन संचालन गरेको छ । किड्स एड्भेञ्चर पार्क, पिङ, रोप कोर्ष, क्याफे सञ्चालन गरी, दुबैतर्फ खाने बस्ने ब्यवस्था सहितको छ करोड ५० लाखको परियोजना तयार गरिएको थियो ।
‘जिपलाईन मात्रैलाई दुई करोड ५० लाख खर्च भयो’m परियोजनाका डिजाईनर इन्जिनियर मुकेश अधिकारीले भने । जिपलाईनमा दुईवटा तार छन् । दुईजना सँगै खेल्न मिल्ने खालको जिपलाई रहेको जिपलाईन मास्टर सतिस मैनालीले बताए ।
‘यसमा बसेर खेल्न सकिन्छ, भिडियो खिच्ने, फोटो खिच्ने सुविधा पनि छ’, उनले भने । त्यहाँ स्काई साईक्लिङ पनि बन्दैछ । स्टक्चर निर्माण, स्विईङ निर्माणको काम पनि अन्तिम चरणमा रहेको उनले बताए ।
५८० मिटर लामो जीपलाइनको चारसय मिटर भाग त्रिशूली नदीमाथि पर्ने भएकाले झनै साहसिक र रोमाञ्चक हुनेछ । ’रिभर फन बीच’ रिसोर्ट प्रालिका प्रबन्ध निर्देशक शङ्कर अधिकारीले नदीमाथि पर्ने यो जीपलाइन विश्वकै नमुना हुने बताए । दुईवटा डोरीको प्रयोग गरिने हुँदा सुरक्षित रहेको उनको भनाइ छ । २०७७ फागुन ४ गते जिपलाइनको सिलान्यास गरिएको थियो ।
१८ मिटर अग्लो पाँच तले टावरको चौथो तलाबाट जीपलाइन सुरु गरिएको इन्जिनियर मुकेश अधिकारीले बताए । जीपलाइन युरोपियन मापदण्डमा भारतीय कम्पनीको प्राविधिक सहयोगमा निर्माण भएको हो ।
उक्त कम्पनीले ९ वर्षदेखि रिसोर्ट र र्याफ्टिङ व्यवसाय संचालन गर्दै आएको छ । आन्तरिक र बाह्य पर्यटक त्रिशुलीमा ¥याफ्टीका लागि आउने गर्छन । मुख्य सिजनका बेला रिसोर्ट खचाखच हुने गरेको छ ।
जिपलाईन पृथ्वीराजमार्ग छेउमा रहेकाले चितवन, पोखरा, बन्दिपुर, मनकामना लगायत ठाउँमा आउजाउ गर्ने पर्यटकको रोजाईमा पर्ने संचालन अधिकारी बताउँछन् ।




