| आइतवार, कार्तिक २२, २०८३

तमु प्ये ल्हु शाखा कुवेतको आयोजनामा नयाँ वर्षको शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न

कुवेत । तमु प्ये ल्हु शाखाको कुवेतको आयोजनामा नयाँ वर्षको अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएको छ ।

तमुहरुको महान चाड तमु ल्होसारको अवसरमा ल्वो(गाई वर्ग) ल्हो लाई विदाई र तो (बाघ वर्ग) ल्हो लाई स्वागत गर्दै गत शुत्रबार नयाँ वर्षको शुभकामन आदान प्रदान गरिएको हो ।

कार्यक्रममा विभिन्न साँस्कृति नृत्यहरु प्रस्तुत गरिएको रिजन गुरुङले जानकारी दिए । स्वदेशमा मात्र नभई विदेशमा पनि आफ्नो जातीको संस्कार, संस्कृतिको संरक्षण, प्रवद्र्धन गर्न कार्यक्रम आयोजना गरिएको गुरुङले बताए ।

सोहि कार्यक्रमकै अवसरमा विभिन्न समयमा गुरुङहरुको संस्कृति संरक्षणमा योगदान पु¥याउनुभएका व्यक्तिहरुलाई सम्मान समेत गरिएको थियो ।

कार्यक्रममा सहभागि सबै जना गुरुङको मौलिक पोशाकमा सजिएर आएका थिए । तमु प्ये ल्हु संघ कुवेतका निवर्तमान अध्यक्ष उमा गुरुङको सभापतित्वमा कार्यक्रम भएको हो ।

केही तस्बिरहरु :

प्रतिक्रिया दिनुहोस्