
गोरखा विकास बचत तथा ऋण सहकारी संस्थाको अध्यक्षमा रामबाबु जोशी
गोरखा सदरमुकामस्थित गोरखा विकास बचत तथा ऋण सहकारी संस्थाको नयाँ कार्यकालका लागि अध्यक्ष पदमा रामबाबु जोशी निर्विरोध निर्वाचित भएका छन् । शनिबार सम्पन्न सातौँ अधिवेशनले जोशीलाई अध्यक्ष पदमा निर्विरोध निर्वाचित गरेको हो ।
साथै संस्थाको उपाध्यक्ष पदमा रामशरण आचार्य, सचिव पदमा शरद श्रेष्ठ, कोषाध्यक्ष पदमा योङकुमार श्रेष्ठ सर्वसम्मत चयन भएका छन् ।
सदस्यह?मा मीनादेवी श्रेष्ठ, उषा श्रेष्ठ, श्यामबाबु श्रेष्ठ, श्यामबाबु जोशी, कृष्णप्रसाद अर्याल, जीवनज्योति श्रेष्ठ र रुद्रकुमार श्रेष्ठ निर्विरोध निर्वाचित भएका छन् ।
अधिवेशनले लेखा तथा सुपरीवेक्षण समितिको अध्यक्षमा अर्जुनबाबु श्रेष्ठ र सदस्यह?मा किरण अर्याल र शंकर कुँबरलाई चयन गरेको संस्थाका नवीनकुमार श्रेष्ठले जानकारी दिए ।





