| सोमवार, कार्तिक २३, २०८३

एमाले गोरखाको महाधिवेशन सुरु, नेतृत्व चयन आज

नेकपा एमाले गोरखाको सातौँ जिल्ला अधिवेशन शुक्रवारदेखि सुरु भएको छ । पहिलो दिन उद्घाटन र बन्द सत्र कार्यक्रम भएको एमालेका जिल्ला नेता कृष्ण नेपालीले बताए । बन्द सत्रमा अध्यक्ष प्रेम गुरुङको प्रतिवेदनमाथि छलफल भएको थियो ।

अविधेशनको नेतृत्व चयनको प्रक्रिया भने आज (शनिवार) बिहान ८ बजेदेखि सुरु हुनेछ । जिल्ला अध्यक्ष सहितका पदाधिकारीमा आकांक्षी धेरै देखिएका छन् । तर सर्वसम्मत जिल्ला कमिटि चयन गर्ने प्रयास भईरहेको एक नेताले बताए । ‘अहिले धेरैको आकांक्षा छ तर अन्ततः सहमतीमा हुने संभावना धेरै छ’ ति नेताले भने ।

अधिवेशनको उद्घाटन कार्यक्रममा एमाले गोरखाका इन्चार्ज एवं केन्द्रिय सदस्य रामशरण बस्नेतलले जिल्लामा एमाले पहिलो पार्टी बनाउन सबै एक ढिक्का भएर लाग्नुपर्ने बताए ।
नेकपा एमाले सरकारमा हुँदा विकास निर्माण कार्यमा अत्यन्तै राम्रो काम गरेको बताउँदै उनले ‘विगतका नतिजाहरु हेर्दा विकास तथा अन्य काममा एमाले अब्बल सावित भएको छ ।’विगतमा कम्युनिष्ट आन्दोलनालाई बलियो बनाउन पार्टी एकता गरेता पनि पार्टी संस्थागत ढंगले अगाडि बढ्न नसकेको उनले बताए ।

पार्टीको गतिविधिलाई चुस्त बनाउन सबै क्रियाशील सदस्यहरु लाग्नुपर्नेमा उनले जोड दिए । त्यस्तै, गोरखाका वडा र पालिकाको अधिवेशनबाट नेतृत्व सबै सर्वसम्मतले चयन भएकाले जिल्लामा समेत चुनाव नगरी सर्वसम्मत नेतृत्व गर्न गर्न समेत बस्नेतले सबैलाई आग्रह गरे । कार्यक्रममा अर्को केन्द्रिय सदस्य सम्झना देवकोटाले नेपालको राजनीतिक दलहरुमा एमाले पार्टी महिलालाई ३३ प्रतिशत सीट सुनिश्चित गर्ने पहिलो दल बनेको बताए ।

प्रविधिका र विकासमा समेत एमाले एक कदम अगाडि रहेको बताउदै केन्द्रिय अधिवेशनमा समेत विद्युतीय माध्यमबाट भोटिङको व्यवस्था गर्न सफल भएको उनले बताइन् । व्यक्तिलाई दोसल्ला ओडार सम्मान गरेका थिए । कार्यक्रममा एमाले केन्द्रिय सदस्य सम्झना देबकोटा, रामशरण बस्नेत, गण्डकी प्रदेशसका सचिवालय सदस्य बाबुराम थापा, अनेरास्वीयूका आरसी लामिछाने लगायतले मन्तब्य राखेका थिए ।

प्रतिक्रिया दिनुहोस्