| सोमवार, कार्तिक २३, २०८३

डेढवर्षदेखि म्याद थप नहुँदा एमक्याप व्यवस्थापनमा अन्यौल

केशव गुरुङ

प्राकृतिक, धार्मिक, सांस्कृतिक एवं पर्यटकीय दृष्टिकोणले प्रसिद्ध मनास्लु क्षेत्रको व्यवस्थापन गर्ने जिम्मा पाएको मनास्लु संरक्षण क्षेत्र आयोजना(एमक्याप)को म्याद सकिएको डेढवर्ष भइसक्यो तर अहिलेसम्म म्याद थप भएको छैन ।

एमक्यापको म्याद थप्ने प्रस्ताव अर्थ मन्त्रालयमा थन्किँदा ती क्षेत्रको व्यवस्थापनमा अन्योल भएको आयोजनाले बताएको छ । ‘एमक्यापले यहाँको आर्थिक विकास सँगसँगै यहाँका प्राकृति स्रोत र बन्यजन्तुको संरक्षण पनि गर्दै आएको छ । तर आयोजनको म्याद थप हुन सकेको छैन’, आयोजनाका संरक्षण अधिकृत अजित तुम्बाहाम्फेले भने, ‘जसले गर्दा कानूनीरुपमा एमक्यापले काम गर्न पाएको छैन । दिगो व्यवस्थापनका लागि कार्यक्रम अगाडि बढाउन सकेको छैन ।’

यहाँका प्राकृतिक, सामाजिक, आर्थिक, सांस्कृतिक सम्पदाको संरक्षण गर्ने, जगेर्ना गर्ने, विकास गर्ने र प्रचारप्रसार गर्दै आएको एमक्याप म्याद थप नहुँदा समस्या परेको बताइएको छ ।

साथै जडीबुटी विक्री गर्न छुटपुर्जी दिने, सिफारिस गर्ने, संरक्षणसम्बन्धी तालिम, प्रशिक्षण, अभिमुखीकरण लगायतका कामहरु गर्न नपाएको उनले बताए । एमक्यापले सो क्षेत्रमा पूर्वाधार विकास र समुदायस्तरका गतिविधि गर्दै आएको थियो । तर स्टाफलाई व्यवस्थापन गर्न तथा कार्यालय सञ्चालनमा समेत समस्या भएको कार्यालयले जनाएको छ ।

एमक्याप व्यवस्थापनका लागि राष्टिूय प्रकृति संरक्षण कोष (एनटीएनसी) लाई छैठौं पटक थपिएको म्याद सकिएको १७ महिना भइसकेको छ । आयोजनाको म्याद थप्ने प्रस्ताव अर्थ मन्त्रालयमा थन्किँदा ती क्षेत्रको व्यवस्थापनमा अन्योल भएको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्