| आइतवार, कार्तिक २२, २०८३

upendra

वरिष्ठ न्यूरो सर्जन डा. उपेन्द्र देवकोटाको निधन

काठमाडौं : वरिष्ठ न्यूरो सर्जन डा. उपेन्द्र देवकोटाको निधन भएको छ। लामो समय देखि पित्त नलीको क्यान्सरबाट पीडित रहेका डा. देवकोटाको सोमबार बेलुका ५ : ३५ बजे निधन भएको अस्पतालले जानकारी दिएको छ।

उनको बाँसबारीस्थित न्यूरो अस्पतालमा निधन भएको हो। उक्त कुरालाई पारिवारीक स्रोतले पनि पुष्टी गरेको छ। बेलायतमा ६ महिनाभन्दा बढी समय उपचार गरे पनि निको नभएपछि देवकोटालाई बैशाख पहिलो साता नेपाल ल्याइएको थियो। त्यस पछि उनले नै स्थापना गरेको न्यूरो अस्पतालमा उपचार गरिएको थियो। पछिल्लो समय रोगले च्याप्दै लगेपछि देवकोटाको अधिकांश अंगले काम गर्न छोडिसकेको चिकित्सकहरूले बताउँदै आएका थिए।

प्रतिक्रिया दिनुहोस्