
गोरखा नगरपालिकाका मेयर नगरविकास कोषको बोर्ड मेम्बर
नेपाल सरकार मन्त्रीपरिषदको बैठकले गोरखा नगरपालिकाका मेयर राजनराज पन्तलाई नगर विकास कोषको संचालन समितिको सदस्यमा नियुक्त गर्ने निर्णय गरेको छ ।
सहरी विकास मन्त्री रामकुमारी झाँक्रीको प्रस्तावमा मेयर पन्तलाई कोषको सदस्य बनाउने सरकारले निर्णय गरेको हो ।
गत पुष १४ गते प्रधानमन्त्री शेरबहादुर देउवाको अध्यक्षतामा भएको मन्त्री परिषद बैठकले मेयर पन्तलाई आगामि दुई बर्षका लागि नगर विकास कोषको सञ्चालक समितिको सदस्य बनाउने निर्णय गरेको हो ।
कोषको अध्यक्ष भने सहरी विकास मन्त्री रहने ब्यवस्था छ । समितीमा मेयर पन्तसहित ७ जना सदस्य रहेका छन् ।




