
शक्ति माविमा व्यवस्थापन समिति गठन
गोरखा सदरमुकाममा रहेको शक्ति माविको विद्यालय व्यवस्थापम समिति गठन भएको छ । बुधबार उपस्थित भेलाले शिवराम श्रेष्ठको अध्यक्षतामा नयाँ समिति गठन गरेको हो ।
समितिको सदस्यहरुमा विजय ज्ञवाली, सन्तोष श्रेष्ठ, सर्मिला श्रेष्ठ, रञ्जिता श्रेष्ठ, सूर्यमाया श्रेष्ठ र सदस्य सचिवमा प्रधानाध्यापक बद्री अर्याल रहेका छन् ।
सोही भेलाले गुणस्तर तथा लेखाजोखा सुपरीवेक्षण समिति पनि गठन गरिएको छ । समितिको संयोजकमा इश्वरीप्रसाद लामिछानेको नेतृत्वमा समिति गठन गरिएको हो । समितिको सदस्यहरुमा हरिनारायण श्रेष्ठ, दीपक श्रेष्ठ र हिरादेवी श्रेष्ठ रहेका छन् ।




