| सोमवार, कार्तिक २३, २०८३

इतिहासको सम्मान गरे आफ्नो सम्मान हुन्छ

नेपाल एकीकरण अभियानमा आफ्नो स्थानीय राज्यलाई बिलय गराए, आफ्ना राज्यका राजा मारे, लखेटे इत्यादि भनेर अन्य जिल्ला(तत्कालीन विभिन्न राज्य)का बासिन्दाले पृथ्वीनारायण शाहलाई ललकार्छन् । राजधानी काठमाडौँ सारेर पृथ्वीनारायण शाहले अन्याय गरे भनी गोरखाबासी पनि उनैलाई ललकार्छन् ।

घोँडा चढ्ने लड्छ, गाली पनि ताली पनि काम गर्नेले नै पाउँछ । पृथ्वीनारायण शाहले अहिलेको सिँगो नेपाल निर्माणको जग हाले । पछि त्यसलाई बिस्तार गर्ने काम बहादुर शाह, राज्यलक्ष्मीदेवी आदिले गरे । सुँगौली सन्धीले जे जति गुमाए पनि पृथ्वीनारायण शाहले अहिलेको नेपाल भन्दा धेरै ठूलो नेपाल निर्माण गरेका थिए ।

त्यसैले उनलाई राष्टूनिर्माता भन्नुपर्छ भन्नेमा अहिले प्राय सबै दलका शीर्ष नेता स्वीकार्ने ठाउँमा पुगेका छन् ।
२० बर्षे अल्लरे जोश सँधै रहिरहन्छ झैँ गरी इतिहासलाई उपेक्षा गर्दै पृथ्वीनारायण शाहको सालिक ढाल्ने हातहरु पनि अहिले उनको सालिकमा माल्यार्पण गर्ने ठाउँमा छन् ।

अल्लरेमा आफू पनि कच्चा व्यवहार गर्ने, अरुलाई पनि कच्चा ब्यबहार गर्न उद्दत गरेकाहरु पनि अहिले परिपक्व भएका छन् । मुलुकको वाग्डोर सम्हाल्नेले बिगत जे गरे पनि त्यो त्यतिबेलाको समयको माग थियो ।

एउटै माग दिगदिगंत रहिरहन्न । समय, परिस्थिति, परिवेश बदलिएसँगै मान्छेका माग बदलिँदै जान्छन् । त्यही बमोजिम निर्णय गर्दै जानुपर्छ । तर अहिले त्यो बेलाको निर्णय ठिक भएन भनेर त्यत्तिका ठूला व्यक्तित्व र उनका निर्णयहरुमाथि सत्तोसराप गर्नेहरु अबुझ हुन् ।

पृथ्वीनारायण शाहले टुटफुट भएर आफैआफै लडेर सिद्धिन लागेका बाइसी, चौबिसी राज्यहरुलाई एकढिक्का बनाई बलियो बनाउन लागि परे । उनले साम्राज्य फैलाएका होइनन् । उनले गोरखा राज्य विस्तार गरेका पनि थिएनन् त्यसैले त नाम पनि नेपाल राखे, राजधानी पनि काठमाडौँ बनाए । त्यसैले उनका कार्यलाई संकुचित रुपले होइन, बृहङ्गम रुपले हेरौँ । उनको योगदानको कदरको खाँचो छ ।

प्रतिक्रिया दिनुहोस्