| सोमवार, कार्तिक २३, २०८३

अपाङ्गता भएका व्यक्तिहरुलाई मुढा बुन्ने तालिम सुरु

गोरखाको शहिदलखन गाउँपालिकामा अपाङ्गता भएका व्यक्तिहरुलाई मुढा बुन्ने तालिम सुरु भएको छ । सामाजिक विकास कार्यालय गोरखाको आर्थिक सहयोग प्रगतिशील अपाङ्ग संघ गोरखाको साझेदारीमा मुढा बुन्ने तालिम सुरु भएको हो ।
गाउँपालिकाका अध्यक्ष रमेशबाबु थापामगरले सोमबार तालिमको उद्घाटन गरेका थिए ।

गाउँपालिका भित्रका विभिन्न वडाका अपाङ्गता भएका व्यक्तिहरुलाई मुढा बुन्ने तालिम सुरु भएको प्रगतिशील अपांग संघ गोरखाका अध्यक्ष अमर गुरुङले बताए । पुष १५ गतेबाट सुरु भएको तालिममाघ तीनगतेसम्म चल्ने गुरुङले जानकारी दिए । उनका अनुसार तालिममा गाउँपालिका भित्रका विभिन्न वडाका १८ जना अपांगता भएका व्यक्तिहरुको सहभागिता रहेको छ ।

No description available.

तालिममा बहिरा, शारीरिक अपांग, न्युनदृष्टिविहिन अपाङता भएका व्यक्तिहरुको सहभागिता रहेको उनले जानकारी दिए । अपाङ्गता भएका व्यक्तिहरु आत्मानिर्भर भएर बाँच्नका लागि तालिम संचालन गरिएको उनको भनाइ छ ।

No description available.

कार्यक्रमलाई संस्थाकी सचिव कुसुम गुरुडले सहजीकरण गरिरहेकी छिन् । संघका अध्यक्ष गुरुङको अध्यक्षता तथा गाउँपालिका अध्यक्ष थापापको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा गाउँपालिकाकी उपाध्यक्ष इन्दिरा तिवारी, वडा १ वडा अध्यक्ष दिपबहादुर केसी, वडा नं ५ का अध्यक्ष यमबहादुर थापा, ६ का अधयक्ष दिलिप रानामगर, ८ का अध्यक्ष काशीनाथ अम्गाई र ९ का वडा अध्यक्ष रामप्रसाद लामिछानेको सहभागी रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्