| सोमवार, कार्तिक २३, २०८३

बन्यो बारपाक सुलिकोटको चिटिक्क प्रशासकीय भवन

केशब गुरुङ

चिटिक्क परेको तीन तल्ले भवन, रातो, सेतो र खैरै रङको मिसावटले झनै आकर्षक देखिन्छ । टाढैबाट हेर्दा लाग्छ, यो प्रदेश तथा संघ सरकारको मन्त्रालय भवन हो । तर यो भवन कुनै मन्त्रालयको नभई बारपाक सुलिकोट गाउँपालिकाको प्रशासनिक भवन हो ।


अहिले सामाजिक सन्जालमा सबैतिर गाउँपालिका भवन पनि यति राम्रो, ठुलो हुन्छ र ? भन्दै चर्चा गरिरहेको देखिन्छ । परम्परागत पहाडी घरको शैलीमा निर्माण गरिएकाले पनि भवन हेर्दा निकै आकर्षक, चिटिक्क र हेर्न लायकको देखिन्छ ।

बारपाक सुलिकोट गाउँपालिकाले आफ्ना प्रशासकीय कार्य सम्पादन गर्नका लागि यो भवन निर्माण गरेको हो । तर भवन निर्माण कार्यले भने अभैm पूर्णता पाउन सकेको छैन । भवन निर्माणको बाहिरि काम सकिएता पनि भित्रि काम अभैm बाँकी रहेको गाउँपालिका इन्जिनियर अविनव गौतामले बताए ।


गण्डकी प्रदेश सरकार, जिल्ला समन्वय समिति र बारपाक सुलिकोट गाउँपालिकाको साझेदारीमा पाँच करोड १० लाख १३ हजार एक सय ६ रुपैयाँको लागतमा भवन निर्माण भएको उनले जानकारी दिए । उनका अनुसार भवन निर्माणका लागि नवकान्तिपुर कन्स्ट्रक्सन कम्पनी प्रालिले जिम्मा लिएको थियो । उक्त भवन निर्माणका लागि प्रालिले सम्झौता गरे अनुसार २०७७ जेठ २५ गते काम सुरु गर्नेुपर्ने भएता पनि बर्खाका कारण २०७७ कार्तिकबाट मात्र काम सुरु गरेको इन्जिनियर गौतम बताउँछन् ।

उनले भने, ‘जेठबाट सुरु हुने भनिएता पनि बर्खाका कारण समयमै भवन निर्माण कार्य सुरु हुन सकेन । कार्तिकबाट भवन निर्माण कार्य सुरु भएको हो । ठेकेदार कम्पनीले सम्झौता गरे अनुसार नै काम सक्काएको हो । उनीहरु २०७८ मंसिर २१ गते भवन निर्माण सम्पन्न गरेको थियो ।’ उनीहरुले भवन निर्माणको मात्र जिम्मा पाएकाले सो काम सक्किएको उनले भनाइ छ ।

No description available.
बारपाक सलिकोट गाउँपालिकाको नवनिर्मित प्रशासकीय भवन

भवनको तीनतिरका बाहिर निस्कने ढोका बनाइएको छ । तीन तलको भवनमा सबै कोठा हल जस्ते ठुला बनाइएको गौतमले बताए ।

अहिलकै जनप्रतिनिधिकै कार्यकालमा भवन निर्माण सम्पन्न गरी कार्यालय संचालन गर्ने तयारीका साथ काम भइरहेको पनि उनले जानकारी दिए ।
‘भवनको बाहिरी काम सबै सकिएको छ । भित्र रङरोगन लगायत धेरै काम अभैm बाँकी छ । त्यसका छुट्टै टेन्डर निकाल्नु पर्ने हुन्छ’ उनले भने । भवनको बाहिरी काम सकिएसँगै अबँ बाँकी भित्री काम भने अर्को टेन्डर खुलाउने तयारीमा रहेको उनले बताए । ‘हाल भवनको भित्री सजावट (इन्टेरीवर)को डिजाइन तयार भइसकेको र अहिले ठेक्काको चरणमा छ ।

ठेक्का प्रव्रिmया एक–दुई महिना लाग्छ । त्यस पश्चात भित्री सबै काम सक्दा असार मसान्त सम्म लाग्छ सक्छ तर हामी सकेसम्म छिटो गछौँ’ उनले भने ।
हाल गाउँपालिकाको सबै कार्य अस्थायी भवनमा संचालन भइरहेको छ । गाउँपालिकाको शाखाहरु थपिएसँगै काम जिम्मेवारी बढ्ने तर भवन नहुदा समस्या हुदै आएको थियो । नयाँ भवन बनेपछि भने गाउँपालिका काय संचालन हुन धेरै सहज हुने गाउँपालिकाले जनाएको छ ।

हाल बसिरहेको अस्थायी भवन काम गर्ने समस्या रहेको गाउँपालिका अध्यक्ष विष्णु भट्टले बताए । उनले भने, ‘अहिले बसिरहेको ठाउँमा यसै पनि कोठा पनि थोरै थियो । नामै अस्थायी भएपछि अरु संचरना पनि कमजोर हुनेनै भयो । गाउँपालिकाको काम गर्न कोठा अपुग हुनेगरेको थियो । अहिले नयाँ भवन बन्दैछ । भवन बनेपश्चात एउटै भवनमा सबै सेवा केन्द्रित गर्न सजिलो हुन्छ । सबैको आ–आफ्नो शाखा हुन्छ, कार्यालयको डकुमेन्टको पनि सुरक्षित हुन्छ ।’

नयाँ बन्दै गरेका भित्री काम छिट्टै सक्काएर यहि कार्यकालयमा भवन संचालन गर्ने तयारीमा रहेको अध्यक्ष भट्टले जानकारी दिए ।

बहुउद्देश्य सभाहल निर्माण हुँदै

गाउँपालिका भवन नजिकै अर्को बहुउद्देश्य सभा हल निर्माण भइरहेको छ । गाउँपालिकाद्वारा आयोजना गरिने विभिन्न कार्यक्रम संचालन गर्नका लागि उक्त भवन निर्माण गरिरहेको गाउँपालिकाले जनाएको छ ।

सभाहल निर्माणको जिम्मा पाएको सिराइचुली निर्माण सेवाले २०७७ जेठ २५ सालमा सम्झौता गरी काम सुरु गरेको थियो । सम्झौता भए अनुसार २०७८ पुसमसान्तसम्म काम सक्नुपर्नेछ । उक्त बहुउद्देश्य भवनको निर्माण कार्य हाल सम्म ९५ प्रतिशत काम पूरा भइसकेको इन्जिनियर गौतमले जानकारी दिए ।

महिला र पुरुष चेन्जिङ रुम, शौचालय र एक सय १० जना अट्न सक्ने क्षमताको सभाहल निर्माण भइरहेको उनले बताए । उनका अनुसार प्रदेश र स्थानीय तहको साझोदरीमा एक करोड २२ लाख २५ हजार ६ सय रुपैयाको लागतमा भवन निर्माण भएको हो । पुस मसान्तसम्म भवन निर्माण कार्य सकिने बताएको छ ।

गाउँपालिकाले खरिद गरेको ६० रोपनी जग्गाभित्र उक्त प्रशासकीय भवन र बहुउद्देश्य सभाहल निर्माण भइरहेको गाउँपालिकाले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्