| सोमवार, कार्तिक २३, २०८३

जौबारी फिनाममा लुगाधुने खोला खानेपानी आयोजना उद्घाटन


सिरानचोक गाउँपालिका ८ फिनामस्थित लुगाधुने खोला खानेपानी आयोजना सोमबार उद्घाटन गरिएको छ ।

गण्डकी प्रदेश सरकारद्वारा निर्मित सो आयोजनाको सोमबार आयोजित एक समारोहका बीच गण्डकी प्रदेशका सांसद प्रकाशचन्द्र दवाडीले उद्घाटन गरेका हुन् ।


एक करोड ४७ लाख रुपैयाँको लागतमा निर्माण सम्पन्न भएको सो आयोजनाबाट १३८ घरधुरी रहेको फिनाम गाउँका आठसय जना उपभोक्ता लाभान्वित भएका छन् ।

खानेपानीका लागि सास्ती खेपिरहेका सो गाउँलेले एकघर एकधारा कार्यक्रम अन्तर्गत घरघरमा पानी पाएपछि खुशी भएका नेपाली कांग्रेसका वडा नं. ८ कार्यसमितिका सचिव गणेश ढकालले जानकारी दिए ।


सो अवसरमा गाउँपालिकाका प्रमुख राजु गुरुङ, उपप्रमुख रीता देवकोटा लगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्