| सोमवार, कार्तिक २३, २०८३

गोरखा नगरपालिकाद्धारा पृथ्वी जयन्तीमा सार्वजानिक बिदा

गोरखा नगरपालिकाले पृथ्वी जयन्तीका दिन सार्वजानिक बिदा दिने निर्णय गरेको छ । नगरपालिकाले सोमबार सूचना जारी गर्दै पृथ्वी जयन्तीका दिन विदा दिने गरेको हो ।

‘२०७८ पौष २७ गते मंगलबार यस नगरपालिकाका कार्यालय, वडा कार्यालयहरु, नपा अन्तरगतर स्वास्थ्य संस्थाहरु तथा शैक्षिक संस्थाहरुमा १ दिन सार्वजनिक विदा हुने हु्नेछ’ नगरपालिकाले जारी गरेको सू्रचनामा भनिएको छ ।

आइतबार बसेको नगर कार्यपालिका बैठकले सो दिन बिदा दिने निर्णय गरेको नगरपालिकाले जनाएको छ ।

राष्ट्र निर्माता पृथ्वी नारायण शाहको योगदानलाई सम्मान गर्दै उनको योगदानको चर्चा गर्न र इतिहासको प्रचार गर्न गोरखा नगरपालिकाले विगतमा पनि पृथ्वी जयन्तीका दिन सार्वजनिक विदा दिदै आएको छ ।

सो दिन गोरखा संग्रहालयमा नगरपालिकाले औपचारिक कार्यक्रम समेत आयोजना गर्ने जनाएकोछ ।

प्रतिक्रिया दिनुहोस्