| सोमवार, कार्तिक २३, २०८३

गोरखामा आज देखि कृषि तथा व्यापार प्रवद्र्धन मेला सुरु(फोटो फिचर)

गोरखामा चेम्बर अफ कर्मसको आयोजनामा कृषि तथा ब्यापार प्रर्वद्धन मेला २०७८ सुरु भएको छ । जिल्ला सदरमुकामको हरमटारी खेलुकद मैदानमा आइतबार चेम्बर अफ कमर्सका केन्द्रिय अध्यक्ष राजेन्द्र मल्लले मेलाको उदघाटन् गरेका थिए ।

No description available.

मेला पहिलो दिन सदरमुकामको बसपाकबाट झाकी सहितको ¥याली हरमटारी हुदै खेलकुद मैदानमा टुङ्गिएको थियो । ¥यालीमा बाजागाजा सहित विभिन्न संघसंस्था, जातजातीको आ–आफ्नै भेषभुषा सजिएर आएका थिए ।

No description available.

आइतबारबाट सुरु भएको मेला पुष २७ गते सम्म चल्ने चेम्बर अफ कमर्स गोरखाले जनाएको छ ।

उक्त मेलाबाट गोरखाका होटल ब्यवशाय, अन्य ब्यापार ब्यवशाय, कृषि उत्पादन बिक्री, पर्यटकीय स्थलको प्रचार प्रसार हुनेमा चेम्बर अफ कमर्स गोरखाका अध्यक्ष भाइचन्द्र श्रेष्ठले जानकारी दिए ।

No description available.

मेलामा तीन करोड भन्दाबढिको कारोबार हुने अपेक्षा चेम्बरको छ । कोरोनाले थलिएको गोरखाको ब्यापार ब्यवशायलाई चलायमान बनाउन मेलाको आयोजना गरिएको श्रेष्ठ बताउँछन् । मेला संचालन गर्दा करि ४३ लाख खर्च हुने अनुमान गरिएको आयोजकले जनाएको छ ।

१० दिन चल्ने मेलाको ५० हजार जनाले अबलोकन गर्ने अनुमान रहेको चेम्बर अफ कमर्सका महासचिव रामस्वरुप श्रेष्ठले बताए । मेलामा एक सय ३० वटा स्टल रहने बताइएको छ । ती मध्ये ३० वटा कृषि तथा घरेलु उत्पादनलाई र बाँकी एक सय वटा ब्यापारीक प्रयोजनका लागि छुट्याइएको छ । बाल उद्यानका पिङ, बिभिन्न खेलहरु पनि संचालन हुनेछ ।
मेला अवधीमा राष्ट्रिय ख्याती प्राप्त कलाकार र स्थानीय कलाकारहरुहरुको प्रस्तुती निरन्तर रहने आयोजकले जनाएको छ ।

No description available.

तस्बिरहरुः

No description available.
No description available.
No description available.
No description available.
No description available.
No description available.
No description available.
No description available.
No description available.

No description available.No description available.
प्रतिक्रिया दिनुहोस्