| सोमवार, कार्तिक २३, २०८३

नेकपा एमाले जिल्ला अधिवेशनका लागि सबै वडामा प्रतिनिधि छनौट

नेकपा एमाले गोरखाको आगामि पुस २३ गते हुने सातौँ जिल्ला अधिवेशनका लागि गोरखाका सबै वडामा प्रतिनिधि छनौट भएका छन् । जिल्ला कमिटीको २८ औ वैठकमा पुस १७ गते जिल्लाका ११ स्थानीय तहका सबै वडामा जिल्ला अधिवेशनका लागि प्रतिनिधि छनौट कार्यक्रम सम्पन्न भएको जानकारी गराइएको हो ।

उत्तरी गोरखाको दुर्गम चुमनुब्री गाउँपालिकाको भने पार्टीका सबै सदस्य नै जिल्ला प्रतिनिधिका रुपमा रहने नेकपा एमाले गण्डकी प्रदेश कमिटी सदस्य कमल दानीले बताए । दुर्गम भूगोलका कारण पार्टी सदस्य भएका सबैलाई जिल्ला प्रतिनिधि बनाउने निर्णय गरेको उनको भनाइ छ ।

त्यस्तै, शनिबार बेलुकी सम्ममा जिल्लाका १० स्थानीय तहका ८७ वटा वडामा जिल्ला अधिवेशनका लागि प्रतिनिधि छनौट कार्यक्रम सम्पन्न भएको उनले जानकारी दिए । एउटा वडामा एकसय जना बराबर एक जना महिला सहित तीन जना प्रतिनिधि छनौट गरेका छन् ।

एउटा वडामा एकसय जना पार्टी सदस्य बराबर एक जना महिला सहित तीन जना, एक सयदेखि दुईसयसम्म चारजना, दुईसयदेखि तीनसयसम्म पाँच जना छनौट गर्ने गर्ने व्यवस्था रहेको र सोहि अनुसार छनौट गरेको नेकपा एमाले गोरखाले जनाएको छ ।

त्यस्तै, उत्पीडित समुदायबाट एउटा पालिकामा एकसयजना पार्टी सदस्य बराबर एकजना महिला सहित तीन जना छनौट गरिएको छ । यसमा पनि पार्टी सदस्यता अनुसार थप हुदै जाने प्रदेश कमिटी सदस्य दानीले बताए ।

त्यस्तै, जिल्ला अधिवेशनका लागि सल्लाहाकार परिषदबाट १५ जना, जनवर्गीय संगठनबाट तीन÷तीन जना सहित आयोजक साविक जिल्ला कमिटीका सबै सदस्यहरु जिल्ला प्रतिनिधिका रुपमा छनौट भएको उनले जानकारी दिए । सबै गरेर करिब सात सय भन्दा बढी जिल्ला अधिवेशनका लागि प्रतिनिधि छनौट भएको एमाले गोरखाले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्